Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४९:५५ दिउँसो
- ADVERTISEMENT -

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता

प्रकाशित मिति: २०८१ वैशाख ३१, सोमबार

451
Shares

कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक एक हजार रुपियाँका दरले भत्ता वितरण गरेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिकरुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआइभी सङ्क्रमितको पहिचान गर्न पालिकाले मासिक भत्ता दिएको बताउनुभयो । जिल्ला सदरमुकामको सेती प्रादेशिक र छिमेकी गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालमा एआरटी औषधी सेवन गरिरहेका व्यक्तिको खोजपड्ताल गरी सामाजिक सुरक्षा भत्ता दिइएको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार खोजपड्तालका क्रममा पालिकाभित्र २७ जना एचआइभी सङ्क्रमित रहेका फेला परेका छन् । सङ्क्रमितमध्ये १५ पुरुष र १२ जना महिला रहेका छन् । गाउँपालिकाभित्र रहेका एचआइभी सङ्क्रमितको पहिचान गरी उहाँहरूलाई पोषणको कमी हुन नदिन मासिक भत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख विष्टको भनाइ छ ।

स्वास्थ्य शाखामार्फत पोषणका लागि भत्ता वितरण गरिएका सङ्क्रमित कोही पनि सामाजिकरूपमा बाहिर खुलेका छैनन् । सङ्क्रमितहरूको आवश्यक कागजात जुटाई बैंक खातामा एकमुष्ट छ महिनाको भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो ।

बाँकी ६ महिनाको भत्ता पनि एकमुष्ट बैंकमा जम्मा गरिने भन्दै उहाँले पालिकामा पहिचान भएका सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिनुभयो । साथै पहिचान भएका सङ्क्रमितका बालबालिकालाई पालिकाभित्र रहेका विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको अध्यक्ष बोगटीले बताउनुभयो ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -