Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
६:२७:२५ बिहान
- ADVERTISEMENT -

प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव

प्रकाशित मिति: २०८३ जेठ १२, मंगलबार

133
Shares

सिम्पानी न्यूज, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि सरोकारवाला र सर्वसाधारणसँग सुझाव माग गरेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासको अवसरलाई सबैको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ तयार पारिएको यो विधेयकलाई मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गर्दै सुझाव आह्वान गरेको हो।

शिक्षा र तालिमलाई प्रत्यक्ष रूपमा सीप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग जोड्ने लक्ष्यसहित यो नयाँ कानुन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ।

विधेयकका मुख्य विशेषता र उद्देश्य:

  • दक्ष जनशक्ति उत्पादन: मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन सक्ने आधारभूत, मध्यम तथा उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने।
  • नयाँ एकीकृत कानुन: विगत ३८ वर्षदेखि कार्यान्वयनमा रहेको पुरानाे ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ऐन, २०४५’ लाई खारेज गरी समयसापेक्ष नयाँ एकीकृत विधेयक प्रस्ताव गरिएको छ।
  • परिषद्को अधिकार परिमार्जन: नयाँ विधेयकमा परिषद्लाई श्रम बजारको माग र आवश्यकताका आधारमा पाठ्यक्रम विकास गर्ने, शिक्षण संस्थाहरूलाई सम्बन्धन दिने र शिक्षालयहरूको मापदण्ड निर्धारण गर्ने पूर्ण अधिकार दिइएको छ।

मन्त्रालयले यो विधेयकलाई थप व्यावहारिक, सान्दर्भिक र सरोकारवालामैत्री बनाउनका लागि शैक्षिक विज्ञ, नागरिक समाज र सर्वसाधारणलाई यथाशीघ्र आफ्ना रचनात्मक सुझावहरू पठाउन आग्रह गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -