चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत सार्वजनिक भएको छ !
काठमाडौं । जापान मा रहेर ब्यावसाय गर्दे आएका अंगाई को प्रस्तुति रहेको नयाँ नेपाली तीज गीत पिआर वाला मायालु सार्वजनिक भएको छ। गीतमा चर्चित गायिका समीक्षा अधिकारी र गायक बद्री सापकोटाको स्वर रहेको छ।
गीतमा चण्डिका अंगाईको शब्द तथा बद्री सापकोटाको लय रहेको छ भने मदन केसीले एरेन्ज गरेका छन्। गीतको भिडियोमा जेरी भण्डारी, सञ्जना गुरुङ, सुजन सापकोटा र पार्वती श्रेष्ठले अभिनय गरेका छन्।
भिडियोको निर्देशन जेरी भण्डारीले गरेका हुन्। दिनेश पराजुली एन्ड टिमले सिनेमाटोग्राफी गरेको भिडियोको एडिट, ग्राफिक्स तथा कलर मनोज कार्कीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्। गीतको स्टुडियो स्टुडियो प्रिज्म रहेको छ।
सुमधुर स्वर, आकर्षक संगीत र उत्कृष्ट भिडियोमार्फत तयार पारिएको उक्त गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।









































