मिस सुप्राग्लोबलमा स्नेह केसीले नेपालको झण्डा फहराउने
भएकी छिन !
२४ पुस, काठमाडौँ – मिस ग्रान्ड नेपालको भव्य मंचबाट मिस सुप्राग्लोबल नेपालको ताज जितेकी लुम्बिनी प्रदेश, प्युठानकी स्नेह केसीले भारतमा आयोजना हुने मिस सुप्राग्लोबल इन्टरनेसनल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।
स्नेह केसीले यस अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भई नेपाल र नेपालीको उपस्थिति विश्वमञ्चमा सशक्त रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेकी छिन्। नेपाली सौन्दर्य, संस्कृति र आत्मविश्वासलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित उनी प्रतियोगितामा सहभागी हुँदै नेपालको झण्डा फहराउनेछिन्।
मिस ग्रान्ड नेपालको मंचमा देखाएको आत्मविश्वास, प्रतिभा र अनुशासनका कारण स्नेह केसीलाई मिस सुप्राग्लोबल नेपालको प्रतिनिधि चयन गरिएको हो। उनको यो यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण नेपाली युवतीहरूका लागि प्रेरणादायी उदाहरण बन्ने विश्वास गरिएको छ।



















