Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
६:२४:०८ बेलुका
- ADVERTISEMENT -

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

प्रकाशित मिति: २०८३ भदौ १६, मंगलबार

110
Shares

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग गरेको छ

टोकियो । नेपालमा हालै आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपाली जनसम्पर्क समिति जापानले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

समितिका कोषाध्यक्ष यम कँडेलको संयोजकत्वमा सञ्चालन गरिएको सहयोग अभियानमार्फत संस्थाका पदाधिकारी, सदस्य, क्रियाशील सदस्य तथा नेपाली कांग्रेसमा आबद्ध नेता–कार्यकर्ताबाट रकम संकलन गरिएको हो।

संकलित रु. १० लाख नेपाली कांग्रेसले स्थापना गरेको ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’ मा जम्मा गरिएको समितिले जनाएको छ। पार्टीको केन्द्रीय निर्णय तथा परिपत्रअनुसार विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट प्राप्त सहयोगलाई एकमुष्ट रूपमा नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने जनाइएको छ।

समितिले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

सहयोगसम्बन्धी जानकारी दिँदै नेपाली जनसम्पर्क समिति जापानका सभापति राजेन्द्र प्रसाद जमरकट्टेलले विपद्को यस कठिन घडीमा नेपालका प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले अभियानमा सहयोग गर्ने समितिका सम्पूर्ण पदाधिकारी, सदस्य, क्रियाशील सदस्य तथा नेपाली कांग्रेसमा आबद्ध नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभयो।

मानवीय विपत्तिको यस कठिन घडीमा सहयोग गर्ने नेपाली जनसम्पर्क समिति जापानका सम्पूर्ण पदाधिकारी, सदस्य, क्रियाशील सदस्य, नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा सहयोगी महानुभावहरूलाई समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -