- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालकै पहिलो सिसा टावरमा ‘सिनियर तथा जुनियर चार्मिङ नेपाल’ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न

January 30, 2026
55
Shares

नेपालकै पहिलो सिसा (ग्लास) टावरमा पहिलोपटक आयोजना गरिएको सिनियर तथा जुनियर ‘चार्मिङ नेपाल’ प्रतियोगिताको पहिलो अडिसन सफलतापूर्वक सम्पन्न भएको छ। आहाना प्रोडक्सनको आयोजनामा सम्पन्न उक्त अडिसनले नेपाली सौन्दर्य तथा पेजेन्ट क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको आयोजकले जनाएको छ।

आधुनिक र भव्य वातावरणमा सम्पन्न अडिसन कार्यक्रममा १२ जना सहभागीहरूले आफ्नो आत्मविश्वास, व्यक्तित्व र मञ्चीय प्रस्तुति प्रस्तुत गरेका थिए। आयोजकका अनुसार पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ भने दोस्रो अडिसन चाँडै आयोजना गरिने तयारी भइरहेको छ।

कार्यक्रम आहाना प्रोडक्सनकी संस्थापक तथा प्रबन्ध निर्देशक रोसा श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रम व्यवस्थापनको जिम्मेवारी इभेन्ट को–अर्डिनेटर चाहना प्रधानले सम्हालेकी थिइन्। सहभागीहरूले कोरियोग्राफर अञ्जन कुँवरको निर्देशनमा र्‍याम्प वाक तथा स्टेज प्रेजेन्स प्रस्तुत गरेका थिए।

अडिसन चरणमा निर्णायकको रूपमा मोडल रेणुका चौधरी, चर्चित इन्फ्लुएन्सर जेरी क्षेत्री, मिस युनिभर्सल वुमन श्रीयंका थापा तथा मोडल नीना बुढाथोकीको सहभागिता रहेको थियो। निर्णायक मण्डलले सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व, अभिव्यक्ति क्षमता र मञ्चीय प्रभावका आधारमा मूल्यांकन गरेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै इभेन्ट को–अर्डिनेटर चाहना प्रधानले पहिलो अडिसन सफलतापूर्वक सम्पन्न भइसकेको र दोस्रो अडिसन पनि चाँडै आयोजना गरिने बताइन्। उनका अनुसार आगामी चरणमार्फत थप नयाँ प्रतिभालाई अवसर प्रदान गरिनेछ।

त्यसैगरी, संस्थापक तथा प्रबन्ध निर्देशक रोसा श्रेष्ठले पहिलो अडिसनप्रति सन्तोष व्यक्त गर्दै सहभागीहरूमा देखिएको आत्मविश्वास र सम्भावनाको प्रशंसा गरिन्। उनका अनुसार प्रतियोगिताको उद्देश्य नयाँ प्रतिभाको पहिचान गर्दै उनीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरको पहिचान दिलाउनु हो।

आयोजकका अनुसार प्रतियोगिताको अन्त्यमा सिनियर विधाका विजेतालाई EV स्कुटर प्रदान गरिनेछ भने जुनियर विधाका विजेतालाई नगद पुरस्कार प्रदान गरिनेछ। साथै, प्रतियोगितामार्फत सहभागीहरूलाई ग्रुमिङ, तालिम तथा मिडिया एक्सपोजरको अवसर उपलब्ध गराइनेछ।

हाल प्रतियोगिताका लागि दर्ता खुला रहेको आयोजकले जनाएको छ। काठमाडौंमा आयोजना हुने दोस्रो अडिसनमार्फत छनोट प्रक्रिया अघि बढाइने र त्यसको मिति तथा स्थान चाँडै सार्वजनिक गरिने जानकारी दिइएको छ।

- ADVERTISEMENT -