नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
आइतबार सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार तीन सय रुपैयाँ रहेको छ । भने, चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य भने एक सय रुपैयाँले बढेको हो ।

















