- ADVERTISEMENT -
- ADVERTISEMENT -

३ हजार ५०० रूपैयाँले बढ्यो सुनको मूल्य

December 12, 2025
69
Shares

बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा ३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मोल १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल ३ हजार ९०५ रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

- ADVERTISEMENT -