साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १७ सय रुपैयाँले घटेर दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनको मूल्य १७ सय रुपैयाँले घटेर दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला ३८८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख २२ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३३३१ रुपैयाँ कायम भएको छ ।


















