Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
९:०१:०२ राति
- ADVERTISEMENT -

नेपाली कांग्रेस नेता प्रेम खत्री द्वारा सञ्चालित सम्भव नेपाल संस्थाको आयोजनामा भीमसेन थापा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सुरु, विशेषज्ञ चिकित्सकद्वारा स्त्रीरोग तथा महिला क्यान्सर सम्बन्धी सेवा प्रदानगोरखा,

प्रकाशित मिति: २०८३ असार १३, शनिबार

117
Shares

असार १३ — नेपाली कांग्रेसका नेता तथा समाजसेवी प्रेम खत्रीद्वारा सञ्चालित संस्था ‘सम्भव नेपाल, काठमाडौं’ को आयोजनामा, भीमसेन थापा गाउँपालिका र धावा स्वास्थ्य चौकी, गोरखाको समन्वय तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं को प्राविधिक सहयोगमा स्त्रीरोग तथा महिला क्यान्सर सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर धावा स्वास्थ्य चौकीमा आजदेखि सुरु भएको छ।शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले महिलाहरूको स्त्रीरोग परीक्षण, पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) सम्बन्धी परीक्षण, आवश्यक उपचार, परामर्श तथा स्वास्थ्य सचेतनामूलक सेवा प्रदान गरिरहेको छ। दुर्गम क्षेत्रका महिलाहरूले विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन्।शिविरमा प्रा. डा. सुवास प्रसाद आचार्य (का.का.नि., TUTH) को नेतृत्वमा डा. रञ्जन भुपाल, डा. प्रदीप चालिसे, डा. सुवास पन्त, डा. सन्दीप कुमार शर्मा, डा. सरोज ताम्ली, डा. असिम प्रजापति, डा. पूजा सुवेदी, डा. टेली महत, डा. अमिर काफ्ले तथा डा. रोशन गैरे लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरिरहेका छन्।त्यसैगरी स्वास्थ्य सेवामा श्रीमती गंगा हुमागाईं, श्रीमती राज्यलक्ष्मी प्रजापति भण्डारी, श्री सुजना महर्जन, श्री सजना जोशी, श्री दुर्गा पौडेल, श्री सपना गुरुङ, श्री जितेन्द्र रैय, श्री सञ्जीव खनाल तथा श्री अर्जुन श्रेष्ठ लगायत नर्सिङ, प्राविधिक तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको छ।शिविर सञ्चालन तथा व्यवस्थापनमा श्री परशुराम पन्त, श्री उत्तम अधिकारी, श्री कृष्ण भट्ट, श्री यदु अधिकारी, श्री निकेश पन्त तथा श्री अनुप अधिकारी लगायतले समन्वयकारी तथा व्यवस्थापकीय भूमिका निर्वाह गरिरहेका छन्।शिविर सफलतापूर्वक सञ्चालन गर्न भीमसेन थापा गाउँपालिका, धावा स्वास्थ्य चौकी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज तथा सहयोगी संस्था मुन लाइट सोसाइटी नेपाल ले महत्वपूर्ण सहयोग गरेका छन्।आयोजक सम्भव नेपाल का अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस शिविरबाट ठूलो संख्यामा स्थानीय नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ। आयोजकले लक्षित सेवाग्राहीलाई समयमै उपस्थित भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन अनुरोध समेत गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -