Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
३:५७:०४ दिउँसो
- ADVERTISEMENT -

कंगोमा इबोलाको नयाँ स्ट्रेनबाट ८० जनाको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘स्वास्थ्य संकटकाल’ घोषणा

प्रकाशित मिति: २०८३ जेठ ३, आइतबार

119
Shares

३ जेठ, काठमाडौं । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगो (DRC) को पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको घातक सङ्क्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भइसकेको छ। तीव्र गतिमा फैलिरहेको यस सङ्क्रमणमा २४६ भन्दा बढी शंकास्पद केसहरू फेला परेपछि विश्व स्वास्थ्य सङ्गठन (WHO) ले ‘विश्वव्यापी जनस्वास्थ्य संकटकाल’ (Public Health Emergency of International Concern) घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यस अवस्थालाई अझै पूर्ण महामारी (Pandemic) को श्रेणीमा भने राखेको छैन।

कंगोका स्वास्थ्यमन्त्री स्यामुएल-रोजर कम्बाका अनुसार, यस पटकको पहिलो सङ्क्रमण एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो। प्रयोगशाला परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ (Bundibugyo) स्ट्रेनका ८ वटा केस पुष्टि भइसकेका छन्।

नयाँ स्ट्रेनले बढाायो विश्वको चिन्ता

स्वास्थ्य विशेषज्ञहरूका अनुसार यस पटक कंगोमा इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेन फेला परेको छ, जसले स्वास्थ्य अधिकारीहरूको चिन्ता थप बढाएको छ। यसअघि कंगोमा देखिने अधिकांश सङ्क्रमणहरू ‘जायरे’ (Zaire) स्ट्रेनका हुन्थे। हाल विश्वमा उपलब्ध भएका धेरैजसो इबोला विरुद्धका खोप र उपचारहरू ‘जायरे स्ट्रेन’ लाई मात्र ध्यानमा राखेर बनाइएकाले यो नयाँ स्ट्रेन नियन्त्रण गर्न चुनौती थपिएको डब्लुएचओले जनाएको छ।

तीन क्षेत्रमा तीव्र संक्रमण, राजधानीमा त्रास

यो घातक रोग हाल इटुरी प्रान्तको बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा तीव्र रूपमा फैलिसकेको छ। इटुरी प्रान्तको राजधानी बुनियाका बासिन्दाहरूले हाल त्यहाँ अत्यधिक त्रासको माहोल रहेको बताएका छन्।

स्थानीय निवासी जीन मार्क असिम्वेका अनुसार, पछिल्लो एक हप्तादेखि त्यहाँ लगातार मानिसहरूको मृत्यु भइरहेको छ र कहिलेकाहीँ एकै दिन २ देखि ३ जना वा सोभन्दा बढी मानिसको अन्तिम संस्कार गर्नु परिरहेको छ।

सुरुवाती चरणमा स्थानीय मानिसहरूले यो कुन रोग हो भनेर बुझ्न समेत सकेका थिएनन्। त्रासका बीच पनि बुनियाका बजार र सार्वजनिक स्थलहरूमा भने हालसम्म सामान्य गतिविधि जारी नै रहेको बताइएको छ। कंगोमा सन् १९७६ मा पहिलो पटक इबोला भाइरस पुष्टि भएको थियो र यो देशमा देखिएको इबोलाको १७औँ प्रकोप हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -