Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०१:१७ दिउँसो
- ADVERTISEMENT -

चीनमा कोरोना संक्रमणदर बढ्यो

प्रकाशित मिति: २०७८ चैत १, मंगलबार

406
Shares

काठमाडौं : चीनमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएको छ। 

दैनिक दोब्बरभन्दा बढी संक्रमित भेटिन थालेका छन्। चीनमा मंगलबार ५ हजार २८० नयाँ कोरोना संक्रमित भेटिएका छन्, जुन कोरोना महामारीका दिनयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ। यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी)ले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर विकसित भएको नयाँ भेरियन्टले चौथो लहर ल्याउन सक्ने चेतावनी पनि यसबीच दिइरहेको छ।

नयाँ कोरोना लहरका कारण चीनका १० सहरमा लकडाउन लगाइएको छ। ३ करोडभन्दा बढी मानिस फेरि घरमै थुनिएका छन्। जिलिन प्रान्त नयाँ लहरबाट सबैभन्दा बढी प्रभावित भएको छ।

सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणले फेरि एकपटक चीनलाई आक्रान्त बनाएको छ। पछिल्लो एक सातामा बेइजिङ, सांघाईलगायत ग्वाङ्डोङ, जियाङ्सु, शानडोङ र झेजियाङ प्रान्तमा कोभिडका नयाँ केसहरू भेटिएका छन्। 

यसले चिनियाँ अर्थतन्त्रमा फेरि एकपटक गम्भीर असर पार्न सक्ने बताइएको छ। डब्ल्युएचओ वैज्ञानिक मारिया भान कार्खोभले ट्वीट गर्दै भनेकी छन्, ‘ओमिक्रोन र डेल्टा मिलेर नयाँ भेरियन्ट विकास भइरहेको छ जसले चौथो लहर ल्याउन सक्छ। हामी यसलाई ट्र्याक गरिरहेका छौं।’

चीनले कोभिडविरुद्ध ‘शून्य सहनशीलता’को नीति अपनाउँदै आएको छ। कठोर प्रतिबन्ध र स्वास्थ्य मापदण्डका बाबजुद पछिल्लो दुई सातामा यसअघिका रेकर्ड तोड्ने गरी संक्रमितको संख्या देखिएको छ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -