काठमाडौं: नेपालमा थप ७३ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ५ हजार ६२ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।
त्यस्तै पछिल्लो २४ घन्टामा थप १९२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ।
नेपालमा सक्रिय संक्रमित घटेर ५ हजार ५० पुगेको छ। मन्त्रालयका अनुसार थप १ लाख १ हजार ३०४ जनाले कोरोनविरुद्धको खोप लगाएका छन्।









































