Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१३:१९ बिहान
- ADVERTISEMENT -

आज क्यान्सर दिवस

प्रकाशित मिति: २०७८ माघ २१, शुक्रबार

345
Shares

काठमाडौँ, शुक्रबार, २१ माघ २०७८ । विश्वभर क्यान्सर दिवस शुक्रबार मनाइँदैछ । यस वर्षदेखि निरन्तर तीन वर्षसम्म ‘क्यान्सर उपचारमा रहेको ग्याप हटाउँ’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष करिब एक करोड ८० लाख मानिसमा क्यान्सर रोग लाग्ने गर्दछ । तीमध्ये ८५ लाख महिला छन् । तीमध्ये जीवनको चौथो र पाँचौँ दशकमा उत्पादनशील जीवनयापन गरिरहेका महिलामा क्यान्सर रोगको प्रभाव बढी रहेको छ ।

नेपालमा महिलामा पाठेघरको क्यान्सरको समस्या बढ्दो रुपमा देखिने गरेको विभिन्न अस्पतालहरुको तथ्याकंहरुले देखाएको छ । महिलामा देखिने विभिन्न क्यान्सरमा पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर देखिएको छ ।

दोस्रोमा स्तन क्यान्सर हो । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसका कारणले यो क्यान्सर हुने गर्छ । पाठेघरको मुखको क्यान्सरको सुरुको लक्षण भनेको सेतो पानी बग्ने हो । यदि, कुनै महिलामा सेतो पानी बग्छ भन्ने तुरुन्तै उपचारका लागि अस्पताल जानुपर्छ । तर महिलाहरुले यस्तो समस्या लिएर उपचार गर्न जान लाज मान्दा रोग जटिल बन्ने गरेको छ ।

पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण भनेको कलिलै उमेरमा विवाह गर्ने, यौन अंगको सरसफाईमा ध्यान नदिने, कलिलै उमेरमा यौन सम्पर्क राख्ने महिला र प्यापिलो भाइरस संक्रमण भएका महिलाहरुमा यो रोग बढी देखिने गरेको छ ।

पाठेघरमा समस्या छ कि छैन भनेर गरिने एउटा परीक्षण प्याप स्मेयर हो । यो परीक्षण पाठेघरको पानी निकालेर गरिन्छ । तर यो परीक्षण अविवाहित युवतीले भन्ने गर्नु हुँदैन । पाठेघरको मुखको क्यान्सरमा कुनै समस्या देखिएमा क्रायोथेरापी भन्ने माइन्स नाइट्रोजन अक्साइडको परीक्षणबाट १५ मिनेटमा नै चेकजाँच गर्न सकिन्छ । प्याप स्मेयर परीक्षणभन्दा यो सस्तो र सजिलो हुँदा विश्वका विकसित देशहरुमा बढी प्रयोग हुने गरेको छ ।

पाठेघरको मुखलगायत कुनै पनि क्यान्सरका नेपाल सरकारसँग क्यान्सरको एकीन तथ्याङ्क छैन । तर विभिन्न अस्पतालको तथ्याङ्क हेर्दा महिलामा बढी पाठेघरको मुख क्यान्सर छ । यो क्यान्सर अन्य क्यान्सर समयमा नै थाहा पाएमा निको हुन्छ ।

पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि गाडासिल नाम भ्याक्सिन लगाउन सकिन्छ । यो भ्याक्सिन (जिरो, वान, सिक्स) को तरिकाबाट तीन पटक लगाइन्छ । जिरो भन्नाले आज लगाएको दिन, वान भनेको भ्याक्सिन लगाएको एक महिनापछि मात्र लगाउने र सिक्स भनेको ६ महिनापछि मात्र लगाउने भनेर बुझनु पर्छ ।

पाठेघरको मुखको क्यान्सरको लक्षण

१.सेतो पानी बग्ने वा रगत मिसिएको पानी जाने ।

२.महिनावारीको बीचमा रगत देखिनु ।

३.यौन सम्पर्कपछि रगत देखिनु ।

४.तल्लो पेट दुख्ने ।

५.महिनावरी सुकिसकेपछि पनि रगत देखिनु आदि ।

बच्ने उपाय

१.२० वर्षभन्दा कम उमेरमा विवाह नगर्ने ।

२.एकभन्दा बढीसँग यौनसम्पर्क नगर्ने ।

३.यौनांगको सरसफाईमा ध्यान दिने ।

४.प्याप स्मेयर परीक्षण दुई दुई वर्षमा गर्ने ।

५.सेतो पानी बग्ने, रगत मिसिएको पानी बगेमा वा महिनावारीको बीचमा रगत देखिएमा तुरुन्तै उपचारका लागि अस्पताल जाने

६.विशेष गरी महिनावारीका बेला ध्यान दिनुका साथै महिनावारीका बेला प्रयोग गरिने कपडा सफा तथा प्याड स्वस्थ खालको प्रयोग गर्ने ।

७.गर्भवती हुनु भन्दा कम्तीमा ३ महिना अगाडिदेखि स्वास्थ्य सल्लाह लिने ।

(क्यान्सर रोग विशेषज्ञ डा.बरालसँग गरिएको कुराकानीमा आधारित)

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -