Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:२५ बिहान
- ADVERTISEMENT -

एक करोड ३७ लाखलाई पूर्ण खोप

प्रकाशित मिति: २०७८ माघ १४, शुक्रबार

407
Shares

काठमाडौँ, शुक्रबार, १४ माघ २०७८ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको सङ्ख्या एक करोड ६४ लाख ५८ हजार ४७५ पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ३७ लाख ३४ हजार ३९० पुगेको छ ।

यस्तै अतिरिक्त खोप लगाउनेको सङ्ख्या दुई लाख ८२ हजार ७२४ पुगेको छ । कुल जनसङ्ख्यामा एक मात्रा लगाउनेको ५४.२ र पूर्ण मात्रा लगाउने ४५.२ प्रतिशत पुगेका छन् । लक्षित जनसङ्ख्यामा एक मात्रा लगाउने ८२.६ र पूर्ण मात्रा लगाउने ६८.९ प्रतिशत पुगेको छ । हाल १२ देखि १७ वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ । उमेर १ देखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान छिटै सुरु गरिने जानकारी सरकारले गराएको छ ।

२०७७ माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । नेपालमा कोरोनाविरुद्धको पहिलो पटक भित्रिएको कोभिसिल्ड खोप लगाएर खोप अभियान सुरु गरिएको थियो । सुरुमा खोप आउँदा नेपालमा प्रयोग गर्नका लागि मात्र खोप ल्याइएको हो भन्ने प्रचारले नागरिकलाई खोपप्रति आकर्षण थिएन । सर्वसाधारण मात्र नभई चिकित्सक, नर्सहरू पनि खोपप्रति विश्वस्त हुन सकेका थिएनन् ।

खोपप्रति विश्वास दिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्चलगायतका सङ्घ, संस्थाहरूले खोप अभियान सफल बनाउन जनचेतना अभियान नै सुरु गरे । पहिलो पटक भारतले नेपाललाई १० लाख कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो ।

पछि नेपालले २० लाख खोप खरिद गर्दा भारतले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सकेको थिएन । कोरोना महामारी बढ्दै गएपछि खोपप्रति नागरिकको आकर्षण नै बढ्दै गयो । कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा अब कोरोनाबाट बच्न खोप मात्र विकल्प भएको भन्दै खोप लगाउन थालिएको थियो । पछिल्लो समय ठूलो शक्ति प्रयोग गरेर पनि नेपालमा खोप लगाउन थालियो । सुरुमा स्वास्थ्यकर्मीपछि पत्रकार, सुरक्षाकर्मीहरूलाई खोपको प्राथमिकतामा राख्दासमेत कतिपय पत्रकारले पनि खोप लगाउन मानेका थिएनन् । पछि सङ्क्रमण बढ्न थालेपछि खोप पाइएन र सर्वोच्च अदालतमा पत्रकारहरूले मुद्दा हालेर ‘खोप लगाउन दिनूू’ भन्ने आदेश सर्वोच्चले दिएको थियो । सर्वोच्चले आदेश दिए पनि खोप नभएका कारण खोप लगाउन पाइएको थिएन ।

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपछि खोप ल्याउन राम्रो प्रयास सुरु भयो र खोप पनि सहज बन्दै गयो । त्यो बेलाको अवस्था सम्झँदै स्वास्थ्य सचिव डा. रोशन पोखरेल स्वास्थ्यकर्मी पनि खोपप्रति विश्वस्त हुन नसकेको बताउनुहुन्छ । पहिले खोप लगाउन आइदिनुस्भन्दा कोही आउँदैन थिए, उहाँले भन्नुभयो, “अहिले खोपको महìव बढ्दै गएको छ, ठीक एक वर्षअघिको अवस्था र अहिलेको अवस्थामा खोपप्रति धेरै फरक धारणा छ ।”

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेल पनि पहिले स्वास्थ्यकर्मी नै विश्वस्त हुन नसकेको अवस्थामा सर्वसाधारण विश्वस्त हुन नसक्नु स्वाभाविक भएको बताउनुहुन्छ । उहाँले पछिल्लो समय खोपप्रतिको महìव बढ्दै गएको बताउनुभयो ।

खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले खोप लगाउन सुरुवाती अवस्थामा ठूलो चुनौती बेहोरेको बताउनुहुन्छ । कसैले पनि खोप नलगाइदिएर समस्या भएको भन्दै उहाँले पछिल्ला दिनमा खोपप्रति आकर्षण बढेको जानकारी गराउनुभयो । कोरोनाले मानिसको मृत्यु बढ्दै गएपछि र अत्यधिक सङ्क्रमित हुन थालेपछि खोपप्रति विश्वास बढेको उहाँको धारणा छ ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -