काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिवलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सचिव भानु देउवालाई मंगलबार संक्रमण पुष्टि भएको हो । रिपोर्टमा आफूलाई संक्रमण भए पनि सचिवालयका अरु कसैलाई संक्रमण नभएको देउवाको भनाइ छ।
प्रधानमन्त्री देउवाको भने कोरोना परिक्षण गर्दा नेगेटिभ आएको थियो ।









































