Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:५२ बिहान
- ADVERTISEMENT -

मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश निषेध

प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार

689
Shares

काठमाडौँ — कोरोना संक्रमण तीव्र बन्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सबै प्रकारका आमसभा, जुलुस, सभा र भेलालाई माघ मसान्तसम्म रोक लगाएका छन् ।

माघ ४ गते जारी आदेशअनुसार गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यममबाट गर्ने र भौतिक रुपमा गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जना मात्र सहभागी हुन पाउने बताइएको छ । माघ ७ गते पश्चात त्यस्ता कार्यक्रममा खोपको पूरा मात्रा लगाएका व्यक्तिलाई उपस्थित हुन पाउने आदेशमा उल्लेख छ ।

त्यस्तै सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुलाई मास्क अनिवार्य गरिएको र सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्न आदेशमा भनिएको छ । चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने छ । त्यस्तै कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने पनि आदेशमा उल्लेख छ । त्यस्तै मास्क नलागाई आउने यात्रुलाई सवारी साधनमा प्रवेश नदिन पनि आदेशमा भनिएको छ ।

प्रशासननले सार्वजनिक यातायातका साधनमा जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आदेश जारी गरे पनि त्यसको नियमित अनुगमन भने हुन सकेको छैन । संक्रमण तीव्र भइरहँदा पनि अहिले सार्वजनिक यातायातका साधनमा सिटभन्दा बढी यात्रु राख्ने गरेको पाइन्छ ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -