Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:५१ बिहान
- ADVERTISEMENT -

अस्पतालमा अक्सिजनको तयारी गर्न निर्देशन

प्रकाशित मिति: २०७८ पुस २३, शुक्रबार

799
Shares

काठमाडौँ, शुक्रबार, २३ पौष २०७८ । कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिनुभयो ।

गृहमन्त्री खाणका अनुसार बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि थप सजकता अपनाउने निर्णय गरेको छ । निर्माणाधिन स्वास्थ्य संरचना तुरुन्त बनाउने र बोर्डरबाट भित्रिने नेपालीहरुको पिसिआर र एन्टिजेन टेस्टको दायरा बढाउने गरेर निर्णय भएको उहाँको भनाइ छ । पिसिआर टेस्ट कोरोना पुष्टि भए संक्रमितलाई आइसोलेशनमा राख्ने निर्णय भएको खाणले बताउनु भयो ।

उहाँका अनुसार बैठकमा सीमा नाका र हवाइ उठान बन्द गर्ने विषयमा छलफल भएको छ । उनले भने, ‘कोरोना बढेको बढेकै छ । यसको नियन्त्रणका लागि नाका बन्द र हवाइ उठान पनि स्थगित गर्नुपर्ने हुन सक्छ । आज छलफल भएको छ । निर्णय भएको छैन ।’

यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि सीमा नाकामा कडाइ गरिने बताउनु भयो । ‘नाकामा कडाइ गछौं । कोरोना संक्रमितलाई होल्डिङ सेन्टरमा राख्छौँ । होल्डिङ सेन्टरको क्षमता वृद्धि गरिरहेका छौं ।’ उहाँले भन्नुभयो ।

सबै प्रदेशमा एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउने काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । ‘त्यसलाई छिटोभन्दा छिटो बस्न लायक बनाउँछौं । त्यहाँ बस्ने खाने खर्चको व्यवस्थापन गर्छौं,’ मन्त्री खतिवडाले भन्नुभयो ।

उहाँका अनुसार विदेशबाट आएकाहरुको विमानस्थलमै कोरोना परीक्षण गरिने छ । बैठकपछि स्वास्थ्यमन्त्री खतिवडाले भन्नुभयो, ‘कोरोना संक्रमण भेटिए क्वारेन्टिनमा राखिने छ । यस्तै खोप लगाएको मान्छे कार्ड बोकेर हिडने चेतना जगाउने कुरा भएको छ ।’माघ पहिलो हप्ताबाट क्रमशः बुस्टर डोज दिइने बताउनु भयो ।

पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । शुक्रबार मात्र ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार नै स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जनाएको छ ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -