“रक्तदान जीवन दान” भन्ने नारासहित आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।खड्का क्षेत्रि महासमाज केन्द्रिय समिति काठमान्डौ तथा लाइन्स क्लब अफ काठमाडौं प्राइम स्टार (325H) को आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा दर्जनौं व्यक्तिहरूले सहभागिता जनाएका थिए।
कार्यक्रम २०८२ साल असार १४ गते सम्पन्न भएको हो। रक्तदानमा सक्रिय सहभागी भएर मानव सेवा गर्ने महान कार्यमा योगदान पुर्याउने दाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ।
उक्त अवसरमा प्रमुख अतिथि डा. अनिल भट्टराई , विशेष अतिथि अध्यक्ष बलराम खड्का र कार्यक्रम संयोजक बिनोद कुमार खड्काले गरेका थिय। रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गरी कार्यक्रम सम्पन्न गरियको थियो ।
कार्यक्रमले युवाहरूमाझ सामाजिक सेवा र रक्तदानप्रति जागरूकता अभिवृद्धि गर्ने लक्ष्य लिएको थियो।









































