Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४१:१५ दिउँसो
- ADVERTISEMENT -

ब्लड क्यान्सर पीडित बस्नेतलाई आर्थिक सहयोग

प्रकाशित मिति: २०८१ फागुन १३, मंगलबार

137
Shares

गुल्मी छत्रकोट गाउँपालिका-६ दौघाका पाँच वर्षीय एरिकजंग बस्नेत ब्लड क्यान्सरले ग्रसित छन्। अहिले उनको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। बुबा तेजबहादुर बस्नेत लामो समयदेखि छोराको उपचारका लागि काठमाडौंमै छन्। छोराको उपचारमा लाखौं खर्च हुने अस्पतालले बताएपछि घर परिवारले सबैमा अपिल गरेका थिए।

आर्थिक अवस्था कमजोर भएपछि छोराको उपचारमा अहिले विभिन्न माध्यमबाट सहयोग संकलन भइरहेको छ। ब्लड क्यान्सर पीडित बस्नेतको उपचारका लागी मालिका गाउँपालिका-७ घमिरका नवीन कार्कीले पनि सहयोग संकलन अभियान नै चलाएका छन्। 

उनको नेतृत्वमा विभिन्न माध्यमबाट दुई लाख बढी सहयोग संकलन भएको छ। देश तथा विदेशबाट एरिकजंगको उपचार गर्न २ लाख १० हजार पाँच सय १८ रुपैयाँ सहयोग उठेको कार्कीले बताए।

संकलन भएको केही रकम सहयोगदाताले पीडितकै खातामा जम्मा गरिदिएको र बाँकी रकम उनको परिवारलाई हस्तान्तरण गरिने कार्कीले बताए। सोही रकम उनले फेसबुक लगायतका माध्यमबाट संकलन गरेका हुन्। आर्थिक अभावका कारण पाँच वर्षीय बालक अस्पतालको बेडमा छटपटाइ रहेको खबर पाएपछि आफूले सहयोग संकलन सुरु गरेको कार्कीको भनाइ छ।

अस्पतालले उनको उपचारको लागि लाखौं रकम मागेको छ। क्यान्सर पीडित बालकको पहिलो चरणको उपचार भइसकेको छ। छोराको उपचारलाई आर्थिक जुटाइदिने कार्की लगायत सहयोगदाता सबैलाई बुबा तेजबहादुरले धन्यवाद दिए।

उनले लामो समयसम्म दैनिक खर्ज्याङ्गदेखि तम्घास र तम्घासबाट खर्ज्याङ्ग आफ्नै सवारी चलाउँदै आएका थिए। एक्कासि छोरालाई ब्लड क्यान्सर लागेपछि सवारी बेचेर अहिले छोराको उपचारमा छन्। आर्थिक सहयोग पाएसँगै बस्नेत परिवारलाई छोराको उपचारमा थप मद्दत पुगेको छ।
 

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -