Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२३:२२ बिहान
- ADVERTISEMENT -

कार्यकर्ताहरूले गठबन्धन नगर्न सुझाव दिएका छन्: गगन थापा

प्रकाशित मिति: २०८० माघ २१, आइतबार

285
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कार्यकर्ताहरुले गठबन्धन गलत भएको सुझाव दिएको बताएका छन्।

भरतपुरमा नागरिक संबाद कार्यक्रममा बोल्दै थापाले झापाबाट सुरु गरेको कार्यक्रममा पार्टीका कार्यकर्ताले अन्य दलसँग गठबन्धन नगर्न सुझाव दिएको बताए।

‘गठबन्धन गलत भयो, गठबन्दन नगर्नुस नभनेको एउटा पनि कार्यक्रम छैन, झापामा होस्, मधेसमा होस्। यता उता, जता होस्। युवा होस्, वृद्ध होस् सबैले भनेका छन्,’ उनले भने, ‘आम पार्टीका साथीको धारणा यो छ भनेर अब पार्टीको दस्ताबेजमा लेख्न सकियो। अस्तिसम्म भन्दा मेरो व्यक्तिगत धारणा भन्याजस्तो भयो।’

थापाले कार्यकर्ताहरुले अन्य पार्टीको निर्वाचन चिह्नमा भोट हाल्दाहाल्दा आजित भएको सुनाएको बताए।

‘म झापा, सुनसरी, मोरङ, मधेस हुँदै आउँदै गर्दा हामीले कसैलाई मसाल चिन्हमा, कोहीलाई साइकलमा भोट हाल्न लगाएका छौं। बिजोग भएको छ। पार्टीका साथिहरु नै बेखुस हुनुभयो भने के अर्थ भयो र,’ उनले भने, ‘हाम्रो पार्टीका ८ लाख ६६ हजार सदस्यलाई त खुसी बनाउन सक्नुपर्यो नि। अहिले ती मान्छेहरु हेर्‍यो भने मञ्चमा बस्ने पनि दुखी छ, यता पनि दुःखी, उता पनि दुःखी छ। पार्टीभित्रका बहुसंख्यक मान्छे निराश हुनुको एउटा कारण निर्वाचनभन्दा अगाडि गठबन्धन गर्नु हो भन्ने मैले देखें।’

निर्वाचनअघि चितवनबाट गठबन्धन गर्नु हुँदैन भन्ने कुरा सुझाव लिएर गएपनि नेतृत्वबाट त्यो निर्णय गराउन नसकेको थापाले बताए। ‘त्यसका लागि म तपाईहरुसँग क्षमा माग्छु। यो ठाउँमा त संघीय संसदमा दुई पटक, महानगरको चुनावमा दुई पटक भोट हाल्न पाउनु भएन। हामीले हो बिगारेको,’ उनले भने, ‘तैपनी तपाईहरु कांग्रेस भएर बसिरहनुभएको छ।’

उनले तल्लो तहबाट आएका कुराले दस्ताबेज लेख्न आधार दिएको बताए।

थापाले आगामि बजेट, निर्वाचन प्रणाली, स्वास्थ्य, शिक्षा, विकालगायतका विषयमा नागरिकको धारणा नागरिक संबादमार्फत बुझिरहेको बताए।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -