Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
६:२५:०७ बेलुका
- ADVERTISEMENT -

बालेन शाह नेतृत्वको सरकारको १०० दिन ‘पूर्णतः असफल’, एमालेद्वारा ५ बुँदे गम्भीर आरोप (पूर्ण पाठसहित)

प्रकाशित मिति: २०८३ असार १९, शुक्रबार

129
Shares

सिम्पानी न्यूज, काठमाडौँ। प्रतिपक्षी दल नेकपा (एमाले) ले वर्तमान बालेन शाह नेतृत्वको सरकारको सयदिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ।

सरकार गठनको १०० दिन पुगेको अवसरमा शुक्रबार पार्टी मुख्यालय च्यासलबाट महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा सरकारका कामहरू अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद देखिएको आरोप लगाइएको छ। एमालेले सरकारले आफ्नो सयबुँदे वाचापत्र र आमजनताको अपेक्षाअनुरूप काम गर्नुको साटो सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै रुचि देखाएको टिप्पणी गरेको छ।

एमालेले उठाएका मुख्य बुँदा र आरोपहरू:

  • नीतिगत र संवैधानिक विचलन: संविधान संशोधन जस्तो गम्भीर विषयमा सहमति खोज्ने बहानामा दलहरूसँग न्यूनतम परामर्श नगरी कार्यदल गठन गरिएको र संघीयता विरोधी अभ्यास गर्दै केन्द्रबाट प्रत्यक्ष शासन चलाउन खोजिएको।
  • पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको पक्राउ प्रति आक्रोश: पर्याप्त तथ्य र प्रमाणविना हतार-हतार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको तर १३ दिनसम्म अभियोजनको आधारसमेत देखाउन नसक्नुले ‘सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता’ प्रष्ट पारेको।
  • आफ्नालाई काखा, अरूलाई पाखा: अख्तियार दुरुपयोग अनुसन्धान आयोग छँदाछँदै सस्तो लोकप्रियताका लागि असंवैधानिक रूपमा सम्पत्ति छानबिन आयोग गठन गरिएको र बहालवाला मन्त्री तथा सांसदहरूलाई त्यसको दायराभन्दा बाहिर राखिएको। सम्पत्ति शुद्धीकरणको नाममा पछिल्लो समय पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सिकार बनाइएको।
  • प्रशासनिक क्षेत्रमा असफल र डरको शासन: चालू खर्च घटाउने नाममा मन्त्रालयको संख्या घटाए पनि सचिवालय र सल्लाहकारको फौज भर्ती गरेर थप आर्थिक भार थपिएको। निजामती सेवा र शासकीय सुधारका नाममा डर र त्रासको वातावरण सिर्जना गरिएको।
  • परराष्ट्र नीतिमा गम्भीर चूक: ‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने जस्तो विवादास्पद अभिव्यक्ति दिएका प्रधानमन्त्रीले संसद्को सामना गर्न नसकेर भाग्नुपर्ने परिस्थिति बनेको र नेपाललाई ‘बफर स्टेट’ का रूपमा चित्रण गरेर देशको ऐतिहासिक गौरव र स्वाभिमान कमजोर बनाइएको।

नेकपा (एमाले) द्वारा जारी प्रेस वक्तव्यको पूर्ण पाठ:

बिहानीले दिनको संकेत गर्छ भनेझैँ सय दिनको सरकारको कामले मुलुकको आर्थिक संकट समाधान गर्न र विधिको शासन कायम गर्न यो सरकार पूर्णरूपमा असफल सावित भएको एमालेको ठहर छ। एमाले केन्द्रीय कार्यालयद्वारा जारी आधिकारिक प्रेस वक्तव्यको ५ पृष्ठको पूर्ण रूप तल प्रस्तुत गरिएको छ:

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -