राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा विभिन्न छ वटा विधेयकहरू टेबुल गरिएका छन्। प्रतिनिधि सभाबाट पारित भई सन्देशसहित प्राप्त भएका ती विधेयकहरूलाई राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले सभा समक्ष टेबुल गरेका हुन्।
बैठकमा सचिव कँडेलले आर्थिक, वित्तीय तथा कानुनी सुधारसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू प्रस्तुत गरेका थिए।
टेबुल गरिएका विधेयकहरूको विवरण यस प्रकार छ:
टेबुल गरिएका विधेयकहरूको सूची:
- आर्थिक विधेयक, २०८३ (प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित)
- राष्ट्र ऋण उठाउने विधेयक, २०८३ (प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित)
- सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ (प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित)
- सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ (प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित)
- सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ (प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित)
- स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ (प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित)
प्रतिनिधि सभाबाट पारित भई आएका यी विधेयकहरू अब राष्ट्रिय सभामा दफावार छलफल र परिमार्जनको प्रक्रियामा अघि बढ्नेछन्।








































