स्वास्थ्य र जनसंख्या मन्त्रालयका अनुसार जेन-जी आन्दोलनमा देशभर एक हजार ७६० जना घाइते भएको तथ्याङ्क सार्वजनिक भएको छ। देशभरका ५८ अस्पतालबाट सङ्कलन गरिएको विवरणअनुसार घाइतेमध्ये एक हजार ३३० जना उपचारपछि घर फर्किएका छन् भने २९५ जना उपचाररत छन्।
आन्दोलनमा ज्यान गुमाउने ५१ जनामा प्रहरी र आन्दोलनकारी दुवै छन्। सबैभन्दा धेरै नागरिक अस्पतालमा ४५२ जनाको उपचार भएको छ, जहाँ ६ जनाको मृत्यु भयो। यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा १७१ घाइतेको उपचार भयो, ८ जनाको मृत्यु भयो।
कुन अस्पतालमा कति घाइते?
– सिभिल अस्पताल: ४५२ घाइतेको उपचार, ६ को मृत्यु
– राष्ट्रिय ट्रमा सेन्टर: १७१ घाइतेको उपचार, ८ को मृत्यु, ५ जना आईसीयूमा
– लुम्बिनी प्रादेशिक अस्पताल: २८ घाइतेको उपचार, ५ को मृत्यु
– बीएण्डसी अस्पताल, झापा: ८४ घाइतेको उपचार, १ को मृत्यु
– रामेछाप अस्पताल: १४ घाइते, २ को मृत्यु
– नेपाल प्रहरी अस्पताल: १७६ घाइतेको उपचार
– कीर्तिपुर अस्पताल: ३ जलेर घाइतेसहित ३० जनाको उपचार
मन्त्रालयका अनुसार हाल विभिन्न अस्पतालमा ३२२ जना उपचाररत छन्, जसमध्ये ७२ जना गम्भीर अवस्थामा छन् र उनीहरूको उपचार भइरहेको छ।










































