भारतमा कोभिड-१९ का केस बढ्दै गएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअनुसार देशमा कोभिड-१९ का कुल १००९ सक्रिय केस छन् ।
केरला राज्यमा सबैभन्दा धेरै ४३० सक्रिय केस छन् । त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ पुष्टि भएका केस छन् ।
कुन राज्यमा कति सक्रिय केस ?
केरला – ४३०
महाराष्ट्र- २०९
दिल्ली – १०४
गुजरात – ८३
तमिलनाडु – ६९
कर्नाटक – ४७
उत्तर प्रदेश – १५
राजस्थान -१३
पश्चिम बंगाल – १२
हरियाणा – ९
पुडुचेरी – ९
आन्ध्र प्रदेश – ४
मध्य प्रदेश – २
तेलंगाना-१
गोवा – १
छत्तीसगढ – १
समाचार एजेन्सी पीटीआईकाअनुसार कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
रावले भने , “अवश्य पनि हामीले दक्षिण पूर्वी एसियाली देशहरूमा कोभिड-१० को बढ्दो केसहरूको बारेमा सुनेका छौं, तर त्यहाँ पनि संक्रमण हल्का रहेको छ । भारतमा रिपोर्ट गरिएका कोभिड-१९ का केसहरू पनि हल्का छन् । महाराष्ट्र र अन्य केही ठाउँमा केही मृत्यु भएका छन्, तर यी मृत्युहरू कोभिडसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैनन् । यी केसहरूमा अन्य रोगहरू पनि थिए ।”









































