Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३८:१४ दिउँसो
- ADVERTISEMENT -

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल कठिन छ : स्वास्थ्यमन्त्री पौडेल

प्रकाशित मिति: २०८१ पुस २३, मंगलबार

211
Shares

 स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालन हुन कठिन हुने बताएका छन् । आर्थिक स्रोत र मानव संशाधनलगायतका कुराले विश्वविद्यालय स्थापना गर्न कठिन हुने स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ । 

‘विधेयक बन्दैमा गेटामा विश्वविद्यालय सञ्चालन हुन सक्दैन,’ मन्त्री पौडेलले भने ‘विश्वविद्यालय निर्माणको कुरामा कसैको असहमति छैन । तर विश्वविद्यालय बन्न आफ्नै प्रक्रिया छन् । लागत अत्यधिक छ । आर्थिक स्रोत, मानव संशाधनलगायत पूर्वाधार आवश्यक हुन्छ । समय लाग्छ ।’

अस्पताल नै सञ्चालन नभएको, मेडिकल पढाइ पनि नभएको अवस्थामा विश्वविद्यालय बन्न कठिन हुने बताउँदै मन्त्री पौडेलले तत्काल अस्पताल सञ्चालन गर्ने र एमबीबीएस पढाइ सञ्चालन गर्नेतर्फ जानुपर्ने बताए । सरकारले ०८० माघ २९ गते कैलालीको गेटामा सहिद दशरथन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा विश्वविद्यालय स्थापना गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित भएर हाल प्रतिनिधिसभामा विचाराधीन रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गेटामा विश्वविद्यालय स्थापनाको प्रक्रिया लामो हुने र लागत पनि अत्यधिक हुने भएकाले तत्काल विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गर्ने गराउनेतर्फ आफ्नो जोड रहेको बताए । ‘असारसम्म एक सय बेडको त जसरी पनि बनाउछौं । सकभर तीन सय बेडकै बनाउछौं,’ मन्त्री पौडेलले भने ‘तीन सय बेडको ओ एन्ड एम गर्दैछौं । वार्षिक ६५ करोडजति खर्च लाग्ने रहेछ । सकेसम्म तीन सय बेडकै अस्पताल सञ्चालन गर्ने प्रयास गर्छौं ।’

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -