- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बचतकर्ताका रकम अपचलन गरेका कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सीबी लामा कारागार चलान

June 9, 2024
123
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

 कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौँ जिल्ला अदालतको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । 
उनी जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ परेका थिए । 

कान्तिपुर सेभिङ्ग र पशुपति सेभिङ्गको बचत रकम अपचलन गरेर फरार भएका उनीविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो । उनले विभिन्न सहकारीबाट करिब ८ अर्ब बचत अपचलन गरेको बाहिर आइरहेको छ । 

- ADVERTISEMENT -

Advertisement

करिब दुई अर्बको अपचलनसम्बन्धी जाहेरी आएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

धेरै बचत अपचलन गर्ने ठूला सहकारी मध्ये कान्तिपुर सहकारी पनि एक हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com