- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

महिलाको औसत आयु करिब ९ बर्षले बढ्यो

May 6, 2024
55
Shares
- ADVERTISEMENT -

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो १० बर्षको अवधिमा महिलाको औसत आयु करिब ९ बर्षले बढेको पाइएको छ । 

तथ्याङ्क कार्यालयले आइतबार सार्वजनिक गरेको २०७८ को जनगणनाको जनसांख्यिक सूचकअनुसार नेपाली महिलाको औसत आयु ७६ बर्ष ८ महिना पुगेको हो । २०६८ मा महिलाको औसत आयु ६८ बर्ष पुगेको थियो । कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार महिलाको औसत आयुमा भने उल्लेख्य सुधार भएको देखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यता, नेपालीको औसत आयु ७१ वर्ष ३ महिना पुगेको छ । २०६८ को जनगणनामा औसत आयु ६६ वर्ष ६ महिना पुगेको थियो । यो २०७८ मा ४ बर्ष ७ महिनाले बढेर ७१ बर्ष ३ महिना पुगेको हो । यस्तै, पुरुषको औसत आयु पनि १० बर्षमा २ बर्ष ८ महिनाले बढेर ६८ बर्ष २ महिना पुगेको छ । 

1.JPG

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com