Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
२:४७:५८ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस नेता खत्रीद्वारा अनाथ बालिकाहरूलाई आर्थिक सहयोग, शिक्षा र पालनपोषणको जिम्मा लिने प्रतिबद्धता पूरा

प्रकाशित मिति: २०८३ जेठ २८, बिहीबार

101
Shares

नेपाली कांग्रेसका नेता तथा समाजसेवी प्रेमकुमार खत्रीले निर्वाचनका समयमा जनतासामु गरेको प्रतिबद्धता व्यवहारमा उतार्नुभएको छ। खत्रीले गण्डकी गाउँपालिका वडा नं. १, बरपानी निवासी दिवंगत धनबहादुर गुरुङ (मैते) र कल्पना गुरुङका दुई नाबालिका छोरीहरूको शिक्षा तथा पालनपोषणको पूर्ण जिम्मेवारी ग्रहण गर्नुभएको हो।सोही प्रतिबद्धताको निरन्तरता स्वरूप नेता खत्रीले आज एक कार्यक्रमका बीच ती बालिकाहरूको अध्ययन र उज्ज्वल भविष्यका लागि नगद रु. २०,००० (बीस हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ।मातापिता गुमाएर असहाय बनेका बालबालिकाको सहारा बनेर खत्रीले प्रशंसनीय कार्य गरेको भन्दै नेपाली कांग्रेस गण्डकी गाउँपालिका वडा नं. १ कार्यसमितिले उहाँको यो कदमको उच्च मूल्यांकन गरेको छ।वडा कार्यसमितिका सभापति चन्दिका अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो कार्य केवल आर्थिक सहयोग मात्र नभई मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र असहाय बालबालिकाप्रतिको दायित्वबोधको उत्कृष्ट उदाहरण हो।”विज्ञप्ति मार्फत कांग्रेस वडा कार्यसमितिले खत्रीलाई यो पुण्य कार्यका लागि विशेष धन्यवाद दिँदै हार्दिक आभार समेत व्यक्त गरेको छ। समाजमा सेवा, सहयोग र मानवीय मूल्यको प्रवर्द्धन गर्ने यस्ता कार्यहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक एकता र सद्भावलाई अझ मजबुत बनाउने विश्वास वडा कार्यसमितिले लिएको छ।साथै, आगामी दिनहरूमा पनि नेता खत्रीको सामाजिक सेवाको यात्रा अझ प्रभावकारी र प्रेरणादायी रूपमा अघि बढोस् भन्दै कार्यसमितिले उहाँको प्रगतिको शुभकामना व्यक्त गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -