- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

केएमसीका डाक्टरमाथि कुटपिट गर्नेलाइ कारबाही गर्न चिकित्सक संघको माग

April 30, 2024
111
Shares
- ADVERTISEMENT -

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघका अनुसार सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा. डा. बिनिता प्रधान र डा. पूजा शाहमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्तिमा भनेका छन् ।

उपचारमा कुनै त्रुटि भएको शंका लागे कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि कुटपिट र तोडफोड गर्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने संघले बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

संघले चिकित्सकमाथि कुटपिटमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को पहिलो संशोधन २०७९ अनुसार कारबाही गर्न पनि माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com