Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२९:५२ दिउँसो
- ADVERTISEMENT -

आइतबारदेखि ७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

प्रकाशित मिति: २०८१ वैशाख १४, शुक्रबार

274
Shares

 हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको हो । उक्त अभियान दुई हप्तासम्म सञ्चालन हुने छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका फोकल पर्सन राम कुमार महतोका अनुसार सात जिल्लाका १०१ पालिकामा रहेका ५१ लाख नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

उनका अनुसार ५३ जिल्लामा समुदायिक स्तरको संक्रमण रोकिएकाले आम औषधि सेवन बन्द गरिएको छ । चार वटा जिल्लामा औषधि सेवन कार्यक्रम सकेर सर्भे भइरहेको छ ।

बाँकी सात जिल्लामा भने अभियान सफल नभएको कारणले पुन औषधि खुवाउन लागिएको बताउँदै महत्तोले समुदाय स्तरमा संक्रमण रोकिएको वा नरोकिएको भन्ने विषयमा १० महिनापछि अध्ययन हुने बताए ।

अभियानका लागि यस वर्ष सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ११ करोड रुपैयाँ स्थानीय निकायमा निकासा भइसकेको छ ।

आम हात्तीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टिन, डाइइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल छन् ।

डाइइथाइल्कारबामाजिन (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि रगत र पेटमा भएको परजीवी जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । सरकारले हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००३ देखि ती औषधि खुवाइरहेको छ भने सन् २०३० सम्ममा नेपालबाट पूर्ण रुपमा निवारण गर्ने लक्ष्य छ ।

हात्तीपाइले रोग कसरी लाग्छ ?

हात्तीपाइले (फाइलेरिया) सरूवा रोग हो । यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकाले यसलाई हात्तीपाइले रोग भनिएको हो ।

लामखुट्टेले हात्तीपाइले रोग भएको मानिसलाई टोकेर उसमा भएको परजीवी आफूमा लिन्छ र अरू स्वस्थ मान्छेलाई टोकेर ती परजीवी त्यसलाई सारिदिन्छ । यसरी लामखुट्टेले हात्तीपाइले रोग एक व्यक्तिबाट अर्को व्यक्तिलाई सार्ने काम गर्दछ ।

हात्तीपाइले रोग लाग्दा देखिने लक्षणहरु

सुरु–सुरुमा यो रोगको परजीवी मानिसको शरीरभित्र भएतापनि हात्तीपाइले रोगको कुनै लक्षण देखिंदैन । लामो समयपछि एक वर्ष वा त्योभन्दा बढी समयपछि मात्र रोगका लक्षणहरू देखिनसक्छ ।

  • ज्वरो आउनु
  • जाडो लाग्नु
  • शरीरमा विभिन्न भागहरूमा गिर्खा आउनु, दुख्नु
  • हात गोडाहरूमा निला र काला धर्साहरू देखापर्नु
  • महिलाहरूलाई यो रोग लागेको भए स्तन फुलेर ठूलो हुनु
  • पुरुषहरुलाई यो रोग लागेको भए अण्डकोष ठूलो हुनु वा हाइड्रोसिल हुनु
  • बिरामीका यौन अंगहरू सुन्निनु
  • रोग पुरानो हुँदै गएमा गोडा फुलेर हात्तीको जस्तो मोटो हुनु

हात्तीपाइले रोग लागेमा के गर्ने ?

हात्तीपाइले रोगका लक्षणहरू देखिएमा सेवा, सल्लाह तथा उपचारका लागि तुरून्तै नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।

यो रोगबाट बच्नका लागि नेपाल स्वास्थ्य मन्त्रालयद्वारा कार्यक्रम लागु भएका जिल्लाहरूमा प्रत्येक वर्षमा एकपटक गरी ६ वर्षसम्म लगातार औषधी सेवन गर्नुपर्छ । स्थानीय तालिमप्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरू मार्फत औषधि वितरण केन्द्र तथा घरदैलोमा गई निःशुल्क वितरण गरिने औषधी सेवन गर्नु नै यो रोगबाट बच्ने तथा बचाउने उपयुक्त उपाय हो । यो औषधी वर्षको एकपटक गरी ६ वर्षसम्म लगातार सेवन गर्नुपर्छ अनि मात्र आफू र आफ्ना सन्तानहरूलाई पनि यो रोगबाट बचाउन सकिन्छ ।

हात्तीपाइले रोग नै लाग्न नदिन के गर्ने ?

हात्तीपाइले लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न यी निम्न उपायहरू अपनाउनु पर्छ–

  • सुत्ने बेलामा सधैं झुल प्रयोग गरी सुत्ने
  • पुरा बाहुला भएको लुगा र सम्पूर्ण शरीर छोप्ने लुगा लगाउने
  • घरबाहिर बस्दा वा सुत्दा शरीरको कुनै भाग खुला रहने भएमा लामखुट्टेले नटोक्ने मल्हम लगाउने ।
  • लामखुट्टे भगाउने धुप बाल्ने । लामखट्टे नियन्त्रणका लागि घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने
  • झ्यालढोकामा मसिनो जाली लगाउने
  • गाउँ नजिकै पोखरी भएमा लामखुट्टेले फुल (लार्भा) नपारोस् भन्नाका लागि लार्भा खाने माछा पाल्ने ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -