काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ४३ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा ५३, भक्तपुरमा एक र ललितपुरमा तीजना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार २१९ पुगेको छ ।
आज दुई हजार ६२ जना होम आइसोलेसनमा र ६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये १८ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









































