Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:५९ बिहान
- ADVERTISEMENT -

हुम्लाको बन्द स्वास्थ्य चौकी छ महिनापछि सञ्चालनमा

प्रकाशित मिति: २०७९ जेठ १५, आइतबार

725
Shares

हुुम्ला, आइतबार, १५ जेठ २०७९ । गत मङ्सिर महिनाबाट बन्द हुुँदै आएको नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ लिमीको स्वास्थ्यचौकी खुुल्ला भएको छ । लिमी जाने नाकामा जमेको हिउ पग्लिएपछि स्वाथ्यकर्मी लिमी पुुग्दा बन्द रहँदै आएको स्वास्थ्यचौकी सञ्चालनमा आएको हो ।

लिमी हल्जी गाउँका खेण्डाप तामाङले गत मङ्सीरबाट बन्द हुँदै आएको स्वास्थ्य चौकी एक जना स्वास्थ्यकर्मी गाउँपालिकाबाट आई पुुगेपछि सञ्चालनमा आएको बताउनुुभयो । उहाँले स्वास्थ्य चौकी सञ्चालनमा आएसँगै बिरामीको उपचारमा सहजता आएको बताउनुुभयो । गत दशै तिहारपछि एक पटक लिमी पुुगेका स्वास्थ्यकर्मी हिमपात हुँदा फिर्ता भएयता फर्कनुुभएको थिएन । उहाँले नारा र न्यालुु लेकमा जमेको हिउ पग्लिएपछि केही दिन अगाडि स्वास्थ्यकर्मी न्यालुुबाट लिमी पुुगेर स्वास्थ्यचौकी सञ्चालनमा आएको बताउनुुभयो ।

स्वास्थ्य चौकी खुलेकै दिन दश जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । बढी जनसङ्ख्या भएको हल्जी गाउँमा स्थापना भएको स्वास्थ्य चौकीमा उक्त गाउँका बिरामीको उपचार हुने गरेको छ भने अन्य तील र जाँङ गाउँका बिरामीका लागि भने स्वास्थ्यकर्मी घरघरमा पुुगेर उपचार गर्ने गरेको छ ।

लिमीका गाउँमा जटिल रोगका बिरामी हुँदा ब्यक्तिगत खर्च गरेर हेलिकोप्टर चार्टर गरेर उपचार सूविधा लिनु पर्ने वाध्यता अव हटेको छ । नाम्खा गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले हिउमा लिमीकै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी बस्नका लागि धेरै प्रयास गरिएको तर बस्न नमान्नेलाई जागिरबाट हटाइएको बताउनुुभयो । उहाँले खटिएका स्वास्थ्यकर्मी बस्न नमानेपछि आर्युुवेदिक औषधिका लागि गाउँपालिकाबाट वडा कार्यालयको आग्रहमा आर्थिक सहयोग गरेर बिरामीको उपचार गरिएको बताउनुुभयो । लिमी जाने बाटो खुुलेपछि तत्काल स्वास्थ्यकर्मी खटाएर स्वास्थ्यचौकी सञ्चालनमा ल्याएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्यकर्मी लोकश बोहरा पुुगेपछि उक्त स्वास्थ्यचौकीमा स्थापना भएको नयाँ प्रसूतिगृह पनि सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -