- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता

February 25, 2022
517
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, शुक्रबार, १३ फागुन २०७८ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी बैंक) र ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालबीच सम्झौता भएको छ ।

ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको यो बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको हो ।

यस सम्झौतामार्पmत बैंकका ग्राहकहरुले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी/कोलोनोस्कोपी, युएसजी/ईईजी/सीटी स्क्यान/पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत प्राप्त हुनेछ ।

यसैगरी, एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटीबीच द्विपक्षीय सम्झौता भएको छ ।

- ADVERTISEMENT -

Advertisement

अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्र्दा अप्टिकल्स सामाग्रीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम मार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com