काठमाडौं, बुधबार, १२ माघ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ५ सय ४९ र एन्टिजेन विधिबाट ६ हजार ८ सय १० जनामा परिक्षण गर्दा ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ३३ हजार ४ सय ५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २० हजार ६ सय ३६ जना पुगेको छ ।
यस्तै, आज थप ४ हजार ४ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३१ हजार ७ सय १२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६ सय ७२ छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ ।









































