स्याङ्जा : स्याङ्जा जिल्लामा कोभिड सङ्क्रमण बढ्दै गएपछि आज स्याङ्जा जिल्लाभित्रका विभिन्न बजार क्षेत्रमा ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन गर्दै सिडियो र एसपी नै सडकमा देखिएका छन् ।
उक्त अभियानमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेत, जनस्वास्थ्य कार्यलयकी प्रमुख बसुन्धरा शर्माको उपस्थित रहेको थियो ।
डिसिएमसिसीको आयोजनामा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र प्रहरी उपरीक्षक राजिबबहादुर बस्नेत मास्क वितरण गर्दै सडकमा सर्वसाधारणलाई कोभिड सचेतनासम्बन्धी जानकारी दिँदै उनीहरुसहितको टोली सडकमा देखिएको हो ।मास्क लगाउन अटेरी गर्नेलाई रु १०० को जरिवाना रसिद काटिएको थियो। ।
सो अभियानमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कोभिड जनचेतना सम्बन्धी माइकिङ गर्नुका साथै सर्वसाधरण यात्रु तथा पसलका सेवाग्राहीहरुलाई मास्क लगाउन अनुरोध गरेका थिए।
- ADVERTISEMENT -