- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ओमिक्रोनको सामना गर्न सरकार सक्षम : मन्त्री खतिवडा

January 18, 2022
580
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इनरुवा, मंगलबार, ४ माघ २०७८ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको बताउनु भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा आज मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताउनु भएको हो ।

ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताउँँदै मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने धारणा व्यक्त गर्नुभयो । कोरोनाको सम्बन्धमा अवस्था हेरेर स्थानीय प्रशासनले आफू पायक निर्णय लिन सक्ने उहाँले बताउनु भयो ।

सबैलाई खोप दिलाउने लक्ष्यमा सरकार अघि बढेको भन्दै उहाँले पूर्ण खोप लगाएको हकमा बुस्टर डोजमा पुगेको जानकारी दिनुभयो । उहाँले बालबालिकाका लागि छिट्टै कोरोना खोप उपलब्ध गराइने बताउनु भयो । कोरोनाको बढ्दो सङ्क्रमणको अवस्थालाई मनन गरेर स्थानीय तहले सोही अनुरुपको तयारी थाल्नुपर्ने भनाइ राख्दै सरकार लकडाउनको पक्षमा नरहेको मन्त्री खतिवडाले स्पष्ट पार्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com