काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको संक्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३८५ जनाको मृत्यु भएको छ ।
आज संक्रमितको संख्या आइतबारको तुलनामा १३ हजार कम देखिएको छ ।
भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १६.६६ प्रतिशत रहेको छ ।
- ADVERTISEMENT -
त्यस्तै भारतमा एकै दिन एक लाख ५१ हजार ७४० जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २७ राज्यमा ओमिक्रोन भेरिएन्टका ८२०९ केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या १६ लाख नाघेको छ । अहिले भारतमा १६ लाख ५६ हजार ३४१ कोरोनाका सक्रिय केस रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८६ हजार ४५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।