- ADVERTISEMENT -

कोरोना संक्रमण ७७ जिल्लामै, काठमाडौं उपत्यकामै सक्रिय संक्रमितको संख्या १० हजार

January 14, 2022
541
Shares
- ADVERTISEMENT -

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारकाे तथ्यांकअनुसार २४ घण्टामा काठमाडौँमा १ हजार ९१३ जना, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ गरी २ हजार ६०७ कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै काठमाडौँमा ७ हजार ६२५, भक्तपुर १ हजार २५१ र ललितपुर १ हजार ९३५ गरी सक्रिय संक्रमितको संख्या १० हजार ८११ पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी कोरोना संक्रमण ७७ जिल्लामै पुगेको छ । साथै ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला पनि थपिने क्रममा छ । बिहीबारसम्म मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेकोमा आज सुनसरी पनि थपिएको छ ।

२०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा झापा, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -