गोरखा, सोमबार, २६ पौष २०७८ । गोरखाको अजिरकोट गाउँपालिका-३ मा अजिरकोट आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।
नेपाल आँखा अस्पताल, अजिरकोट गाँउपालिका, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको सहयोगमा
नेपाल आँखा अस्पतालको पाचौ शाखाको रूपमा अजिरकोट आँखा उपचार केन्द्र गोरखाको अजिरकोटमा बिस्तार गरिएको छ ।
उक्त अजिरकोट आँखा उपचार केन्द्रको अजिरकोट गाउँपालिका प्रमुख फणिन्द्र प्रसाद धिताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका पूर्व कार्यकारी, नेपाली सेनाका भु.पू जनरल तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका बोर्डका उपाध्यक्ष दमन बहादुर घलेले संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो ।
मानिसको अति नै महत्त्वपूर्ण रहेको आखा जनताको घर दैलोमा नै आखाँको प्राथमिक उपचार, अन्य आँखा उपचार केन्द्रको तुलनामा यस आँखा उपचार केन्द्रले सहुलियत दरमा स्तरीय आँखा सेवा प्रदान गर्नै, आखाँ स्वास्थ्यबारे समुदायमा जागरूकता बढाउने र उपचारबाट सम्भव हुन सक्ने अन्धोपन हटाउने संस्थाको उद्देश्य र लक्ष्य रहेको छ ।
- ADVERTISEMENT -
आँखा सम्बन्धि सबै रोगहरूको प्राथमिक परिक्षण गर्ने, मोतिविन्दुको परिक्षण नेत्ररोग बिशेषज्ञ द्वारा शल्यक्रियाको ब्यबस्था मिलाउने, चस्माको पावर जाँच तथा तथा आवश्यक चश्मा उपलब्ध गर्ने, ५बर्ष भन्दा तल उमेरका बालबालिकालाई र ७० बर्ष भन्दा माथिका बृद्ध बृद्धाहरूलाई ओ.पि.डि.सेवा निःशुल्क उपचार गरिने, भिजन सेन्टरबाट रिफर भएका बिरामीहरूलाई नेपाल आँखा अस्पतालमा बिशेष छुटको ब्यबस्था गरिने र थप उपचार आवश्यक परेमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा रिफर गर्ने ब्यवस्था रहेको छ ।
कार्यक्रमको अध्यक्षता वडा नम्बर ३ का वडा अध्यक्ष तयाराज गुरुङले गर्नु भएको थियो भने स्वागत मन्तव्य अजिरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले गर्नु भएको थियो ।
कार्यक्रम सञ्चालन भच्चेक स्वास्थ्य चौकी प्रमुख ठाकुर प्रसाद भट्टले गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै चत्तुरमाला मा.वि का प्र.अ कालिका अधिकारी, वडा नम्बर ४ का वडा अध्यक्ष जङ्ग बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत भेषराज अचार्य, बिशेष अतिथि दमन बहादुर घले र गाउँपालिका प्रमुख फणिन्द्र प्रसाद धितालबले शुभकामना मन्तव्य राख्नु भएको थियो ।