भारतीय अभिनेता सत्यराज अस्पताल भर्ना भएका छन् ।
भारतीय सञ्चारमाध्यम पिंक भिल्लाका अनुसार सत्यराजलाई कोरोना देखिएपछि चेन्नाईको अस्पताल भर्ना गरिएको हो।
उनको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे अस्पतालले हालसम्म कुनै आधिकारिक जानकारी भने नदिएको पिंक भिल्लाले लेखेको छ।
सत्यराज दक्षिण भारतीयमा चर्चित कलाकार हुन्। तर एसएस राजामौलीको ‘बाहुबली’ मा कटप्पाको भूमिका निर्वाह गरेपछि उनको चर्चा एकाएक चुलिएको हो।
६७ वर्षीय सत्यराजले थुप्रै तेलेगु, कन्नड, मलयलम र बलिउड फिल्ममा पनि अभिनय गरेका छन्। शाहरूख खान र दीपिका पादुकोणको मुख्य भूमिका भएको फिल्म ‘चेन्नाई एक्सप्रेस’ मा पनि सत्यराजको अभिनय छ। उनी यसमा दीपिकाका बाबुका रूपमा देखिएका छन्।









































