काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । सात हजार ६३१ वटा स्वाब नमुनाको परीक्षण गर्दा २१६ को नतिजा पोजिटिभ आएको हो ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।
यो अवधिमा २०९ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या चार हजार ९७१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
- ADVERTISEMENT -