- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेतृत्वले आत्मसात् गर्न नसकेमा दलको संगठनात्मक संरचना, आम नागरिकहरूसँगको सम्बन्ध र दलको आफ्नै निरन्तरतामा बिचलन पैदा भई गम्भीर संकट पैदा हुन सक्छ ?

August 3, 2020
1427
Shares
- ADVERTISEMENT -

नन्दप्रसाद न्यौपाने

गोरखा, १८ साउन २०७७ । कुनै पनि जीवन्त राजनीतिक दलका लागि विभिन्न तह र तप्कामा आवधिक रुपले गरिने अधिवेशनहरूले त्यसलाई गतिशील, उर्जाशिल, समय सापेक्ष र नीतिगत वा वैचारिक निरन्तरता प्रदान गर्ने अवसर दिन्छ ।

- ADVERTISEMENT -

Advertisement

दलभित्रको आन्तरिक संगठनात्मक फेरवदल, नेता–कार्यकर्ताहरूको व्यवस्थापन र नेतृत्वको छनोट जस्ता पक्षहरू मुख्य रुपमा अधिवेशनताका नै मुखरित हुने गर्छन् ।

खासगरी विकासशील र अल्पविकसित देशहरूका राजनीतिक दलहरूको आम चरित्रलाई हेर्ने हो भने नीतिगत वा वैचारिक बहस प्रधान नभएर बाहुबल वा अंक गणितीय जोडघटाउ वा चलखेल नै आमचरित्रका रुपमा देखिने गर्दछ । राजनीतिक दलको जीवन्तता त्यसभित्रको संगठनात्मक फेरवदल, कार्यकर्ता र नेतृत्वको व्यवस्थापनको साँघुरो परिभाषाबाट मात्र निर्धारित हुदैन । बस्तुतः यो वैचारिक पृष्ठभूमि, विगतको कठोर र बस्तुनिष्ठ समिक्षा र भावी दिशानिर्देश, बस्तुगत वैचारिक आधार, समय सापेक्ष र गतिशील ठोस नीति, राष्ट्रिय, क्षेत्रीय र वैश्विक परिवेशमा निर्वाह गर्ने भूमिकाले राजनीतिक दलको जीवन्ततालाई गम्भिर रुपमा प्रभाव पार्दछ ।

- ADVERTISEMENT -

Advertisement

यी कुराहरूलाई राजनीतिक दल र त्यसको मुल नेतृत्वले आत्मसात् गर्न नसकेमा दलको संगठनात्मक संरचना, आम नागरिकहरूसँगको सम्बन्ध र दलको आफ्नै निरन्तरतामा बिचलन पैदा भई यसबाट गम्भीर संकट पैदा हुन सक्दछ ।

निश्चय नै, नेपाली कांग्रेससँग नेपालको राजनीतिमा त्याग, संघर्ष, वलिदान र परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गरेको गौरवपूर्ण विरासत रहेको जगजाहेर नै छ । वैचारिक नीतिको स्पष्टता, नेतृत्वको कुशलता, युग सापेक्ष र वस्तुनिष्ठ विश्लेषण र लोकतान्त्रिक चरित्रले नै कांग्रेसलाई नेपाली समाज र आम मानिसको हृदयमा बास गराउन सक्दछ ।

हालका पछिल्ला वर्षहरूमा सम्पन्न भएका बिभिन्न तहका निर्वाचनहरूको परिणामहरूले हरेक राजनीतिक परिवर्तनहरूको नेतृत्व गरेको र त्याग, संघर्ष, बलिदान र परिवर्तनको विराट विरासत सहितको पर्यायका रुपमा रहेको नेपाली कांग्रेसको आन्तरिक किचलो, अस्पष्ट नीति, मूल नेतृत्वको कार्यशैली, आन्तरिक संगठनात्मक प्राणाली, समयसापेक्ष वस्तुनिष्ठ विश्लेषणको अभाव, गुटगत क्षणिक स्वार्थ, जनसरोकारका मुद्दाहरूमा रहेको आलस्यता, राष्ट्रिय, क्षेत्रीय तथा वैश्विक परिवेशको विश्लेष्णमा देखिएको कमजोरीहरूलाई छताछुल्ल पारिदिएको छ । परिणमस्वरुप सिङ्गो नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा हुने भूमिका संकुचित भई त्यसको मुख्य असर आमनागरिकमा परिरहेको छ ।

विश्व राजनीतिमा, पछिल्लो समयमा देखिएको कट्टरपन्थी वा उग्रवादी चिन्तन र व्यवहारहरूले सिंगो लोकतान्त्रिक मुल्य र मान्यताहरूलाई धज्जी उडाएका छन् । ठूला शक्तिशाली र विकशित राष्ट्रको नेतृत्वहरूले आफ्नो व्यक्तिगत मनोकांक्षा र स्वार्थपूर्तिका खातिर अवलम्वन गरेका जातिवादी, रंगभेदी, नश्लीय र धार्मिक कट्टरता सहितका आणविक धम्किहरूले पछिल्लो समयमा विभिन्न देशहरूमा उदाएका युवा नेतृत्वहरूका प्रगतिशील र जनमुखी कार्यक्रमहरूको चर्चा– परिचर्चाहरूलाई समेत ओझेलमा पारिदिएका छन् र यस्तो स्थितिले विकासशील र अल्पविकशित देशहरूले अवलम्वन गरेको असम्लग्न नीतिलाई धरापमा पारेको छ ।

आणविक प्रतिस्पर्धात्मक शितयुद्ध र व्यापारयुद्धले विश्व परिवेशमा निर्माण गरेको आर्थिक, सामाजिक, सांस्कृतिक र कुटनैतिक सम्बन्धहरूले नयाँ तरंगहरू सिर्जना गरिदिएको छ । विश्व परिवेशका बदलिदो घटनाक्रमहरूले नेपाल जस्ता विकासउन्मुख राष्ट्रहरूले अवलम्वन गर्ने परराष्ट्र नीतिमा होसियारी र सावधानीपूर्ण दीर्घकालीन सोचको अपरिहार्यतालाई उजागर गरेको छ ।

देशको प्रमुख र अझ भनौं लोकतान्त्रको पर्यायका रुपमा रहेको नेपाली कांग्रेसले आगामी महाअधिवेशनमा वैचारिक स्पष्टता, अन्तर्राष्ट्रिय सम्वन्ध, भू–राजनीतिक स्थिति, छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध, राष्ट्रिय राजनीतिक परिवेश र अभ्यासहरू, र हरेक नागरिकहरूका दैनानुदिनको समस्याहरूमा गम्भीर बहस गर्नु आवश्यक देखिन्छ ।

वर्तमान सत्ताले विश्व परिवेशमा पछिल्लो समयमा देखाएको कट्टरवादी, उग्रवाद चरित्रलाई अङ्गीकार गरेको देखिन्छ । यस्तो स्थितिमा, आमनागरिकहरूका स्वतन्त्रताकाहक अधिकारहरू कुण्ठित पो हुने हुन् कि भन्ने संत्रास पैmलाइदिएको छ । राज्यका स्वतन्त्र निकायहरूका रुपमा रहेका संवैधानिक निकायहरूमा राजनीतिकरण भएका छन् ।

कोभिड–१९ जस्तो महामारीमा समेत गम्भिर भ्रष्ट्राचारमा सरकार लिप्त भएको छ । नीतिगत भ्रष्ट्राचार, सम्वैधानिक निकायहरूमा राजनीतिक हस्तक्षेप, राजनीतिक अपहरण जस्ता कुराहरूमा सरकारका संयन्त्रहरूको गम्भिर दुरुपयोग भएको छ । अपरिपक्व कुटनीति र खेलाँचीपूर्ण वक्तव्यवाजीले अन्तर्राष्ट्रिय सम्बन्धहरूमा दिर्घकालीन असर पर्ने निश्चित छ । विकासका समग्र सूचकहरू नकारात्मक रहेका छन् ।

वर्तमानमा नेपालीकांग्रेस प्रतिपक्षमा रहेको छ । साथै, आफ्नो प्रतिपक्षीय भूमिकामा सशक्त रुपले प्रकट हुने कुरामा धेरै नै बाधा अडचनहरू रहेका छन् । संगठनात्मक संरचनाको क्रियाकलापहरू केवल कर्मकाण्डीपनामा सिमित हुँदा नेपाली कांग्रेसलाई मात्र सत्तालिप्साको आरोप लाग्नु दुःखद कुरो हो ।

यावत पार्टीगत समस्याहरूले गर्दा काण्डैकाण्डमा रुमलिएको सरकारका बारेमा सडक र सदनमा जमेर विरोध गर्ने कुरामा असर पुगेको छ । नेपाली कांग्रेसमा देखिने संगठनात्मक, वैचारिक र कार्यक्रमिक शिथिलताको गम्भीर असर देशको लोकतान्त्रिक प्रणालीमा पर्ने निश्चित हुन्छ जसले देश र जनतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भई यसले पार्टीको अन्तर्राष्ट्रिय साखमा समेत क्षतिपुग्ने देखिन्छ ।

नेपाली कांग्रेसको चुनौती र खासगरी आगामी महाधिवेशनमा विभिन्न तह र तप्काका नेतृत्वमा आउन चाहानेहरूले विभिन्न खालका राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालहरूप्रति प्रष्ट दृष्टिकोण राख्नु आवश्यक छ । वीपी कोइरालाले प्रतिपादन गर्नु भएको प्रजातान्त्रिक समाजवादको सिद्धान्तको जगमा रहेर सिद्धान्त र कार्यक्रम बीचको अन्तर हटाई व्यक्ति प्रधान पार्टीलाई विचार प्रधान बनाउनु आजको प्रमुख चुनौती देखिन्छ ।

संस्थापन कालीन नेताहरूको त्याग, तपस्या, बलिदान, र स्पष्ट खाकाबाट अवको नेतृत्वले पाठ सिक्नु पर्छ । विभिन्न तह र तप्कामा नेतृत्वको दावी गर्नेहरूले पुराना नेता कार्यकर्ताहरूको अनुभव र परिपक्वतालाई नयाँ पुस्ताका नेता कार्यकर्ताहरूको जोस जाँगरसँग अन्तर्घुलन गरी सवैलाई एक सुत्रमा बाँध्नु आवश्यक छ ।

पार्टीको आन्तरिक लोकतन्त्रको मजबुती, गुटउपगुटहरूको बिघटन वा व्यवस्थापन, तहगत नेतृत्वको चुस्त संगठनात्मक ढाँचा, वैचारिक शुद्धिकरण, अनुभव र उर्जाको अन्तर्घुलन, राष्ट्रनिर्माणमा गरिने कार्यकर्ताको परिचालन, पक्ष–प्रतिपक्षीय भूमिकाका साथै राष्ट्रियता, सार्वभौमसत्ताका सवालहरू, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र कुटनीति जस्ता आमविषयहरूमा स्पष्ट धारणा राख्न सक्ने नेतृत्वलाई हरेक तह र तप्काहरूमा स्थापित गर्नुले नै महाधिवशेनको सफलता र आजको आवश्यकता पुष्टि गर्दछ । यहि सोचले मात्र देश, लोकतन्त्र र आमनागरिकहरूको भविष्य सुनिश्चितगर्न सक्छ ।

नेपालीकांग्रेसले देशको सवैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विरासत बोक्दै आयो, जसले नेपालको इतिहासका प्रत्येक कालखण्डमा जनअधिकारकालागि लड्यो । प्रजातन्त्रकालागि, लोकतन्त्र र समावेशी राष्ट्रको स्थापनार्थ जुन बलिदान र संर्घष ग¥यो, आजको यो कठिन राजनैतिक मोडमा आइपुग्दा नेपाली कांग्रेसले राष्ट्र र राष्ट्रियता अनि लोकतन्त्रलाई स्थायित्व दिनका लागि एउटा नयाँ परीक्षा र चुनौतिको सामना गर्नु अपरिहार्य भैइसकेको छ अन्यथा विगतको गौरव गाथामा रमाएर वर्तमानमा पश्चाताप गर्नुको विकल्प रहन्न ।

लेखक नेपाली काङ्ग्रेस गोरखाको सचिव हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -