- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

वामदेवले एमाले कार्यकर्ताहरूलाई भने- मलाई पार्टीमा ल्याउन ओलीलाई दबाब दिनुस्

May 6, 2024
100
Shares
- ADVERTISEMENT -

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा (एमाले) मा आउन आतुर रहेको बताएका छन्।

गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

- ADVERTISEMENT -

Advertisement

राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचनका लागि अध्यक्ष ओलीसँगै एमाले मुख्यालय च्यासलमा पुगेका गौतमले आफूलाई नमर्दासम्म काम गर्ने अवसर दिन आग्रह गरेका थिए।

आफू अध्यक्ष ओलीको आलोचना गर्न, खुट्टा तान्न नभई सो पार्टीलाई २०८४ सालको निर्वाचनमा ६० लाख मत हासिल गर्ने योजनासहित एमालेमा आउन चाहेको उनले बताए।

- ADVERTISEMENT -

Advertisement

‘तपाईंले जति उपलब्धि हासिल गर्नुभएको छ, त्योभन्दा बढी उपलब्धि हासिल हुने गरी म आउँछु। आगामी २०८४ को निर्वाचनमा हामीले ६० लाख मत प्राप्त गर्ने गरी योजना बनाऔं,’ गौतमले ओलीलाई आग्रह गर्दै भने।

गौतमले आफूले एमालेमा आएर काम गर्न चाहेको बताएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com