- ADVERTISEMENT -

रातो बाकस

June 28, 2022
888
Shares
- ADVERTISEMENT -

बासुदेव न्यौपाने ,कैलाली

- ADVERTISEMENT -

Advertisement


रातो बाकसको घुम्टो ओढि तातो रगतलाइ चिसो रगतमा परिणत गर्दै आफ्नो मुलुकलाई रेमिटेन्सको अक्सिजन प्रदान गरेको चिसो अक्सिजन रहित शरीर बोकि तातो मुलुक देखि सवार हुन्छ । फुल माला र खादा सहित अनेकौं सपना बोकि पारिवारिक दायित्व बोकेर रसिलो आखामा हसिलो अनुहार सहित बिदा भएको उ अब कहिले रसिलो र हसिलो अनुहारमा सपना नदेख्ने गरि बिदा भएको छ । साहुको साहुत्व तोड्न मिटर ब्याजको पैसाले मिटर वाला दम्भ किन्न बिदेश जाने मनस्थिति बनाएको उ अहिले यो परिस्थिति पुग्नु अकल्पनीय थियो ।

खरको छानोमा एक गाँसमा खुसी किनेर बसेको उ अब एक गाँसमा कैयन आस र बास बोक्दै घाट सम्म पुगेको पत्तै भएन । लाहुरेको आसमा खरको बास बसेकी उनी घाटमा हातका चुरा फुटाउदै सेतो साह्री मा सजिएर लोलाउदै टोलाउदै भित्री मनको मन्द आवाजले लाहुरेलाई बोलाउदै छिन । उता सरकारी स्कुले ड्रेसमा हातमा सुकेको रोटि समाउदै काधमा भविष्य बोकेर हिडेका छोराछोरी वादविवाद प्रतियोगितामा धन भन्दा विद्या ठूलो शिर्षकमा विद्याको समर्थनमा पहिलो हुँदै हातमा मेडल र प्रमाणपत्र बोक्दै खाडिको रातो बाकस भित्र विदेशी चकलेट खोजिरहेका हुन्छन् । बुवाले बोकेको जिम्मेवारी र आमाको पटुका भित्र गाठो पारेर राखेको एटियम मेसिम र फ्रीज देखि टाढिदै गएन ती अबोध बालकहरुलाइ क्षणिकको चकलेटको खुसिले रोदन पछिको भविष्य नै अन्धकार पर्छ भन्ने पत्तै थिएन । लाहुरेनी को चालीस कटेसी रमाउने कल्पना कल्पना मै सिमित मात्र भएन स्कुल देखि मेडल र प्रमाणपत्र बोकेर घर आएका छोराछोरीको भविष्य माथी पुर्णविराम नै लाग्यो । साहुको ॠणले पिल्सिएर आफ्नो देशमा केही गर्न मन हुदाहुदै गरिविले बिदेश जा भनेको लाहुरे लाहुर हुदै रातो बाकसमा गएर अन्त्य भयो जहाँ उस्को अधुरो अपुरो सपना पनि धुवा सरि ध्वजा ध्वजा भएर उडेर गए । हजारौं सपना लुटेको रातो बाकस माथी रेमिटेन्स बुइ चढेर देश सिङ्गार छ । देशमा सुकिला मुकिला हाबी हुन्छन् र रेमिटेन्स माथी छलकपट गर्छन् । रेमिटेन्सको एउटै स्वार्थ हुन्छ रातो बाकस भित्रको चिसो शरिरमा तातोपनको लेप लगाउने अर्थात धनको कारण मन भित्रको खुसी धरौटी राखेर हवाईजहाज चढेर तातो मुलुकमा प्रवेश निषेध होस् भन्ने । रेमिटेन्सले देश त सिङ्गार्यो तर रातो बाकस भित्रको सपना भने कहिले सिङ्गार्न सकेन । राजतन्त्रले खुट्टा नटेक्दै टाउको मा घन हान्न साहस गर्ने लाहुरे आज आफ्नो मृत्युको सामु घुडा टेक्न बाध्य भयो । हिजो देशको मुहार फेर्न भनेर ब्यबस्था परिवर्तनका लागि आफ्नो ज्यानको बाजि लाएको लाहुरे आज अवस्था परिवर्तनका खातिर विदेशी भुमिमा ज्यान गुमाउन पुग्यो । यहाँ अवसर धेरै छन् अवसर माथी राजनीतिको दुनो सोझाइ रहेका हाम्रा नेता खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने संसद भवन भित्र जुङ्गाको लडाइँ लड्नमा ब्यस्त छन् । राज्यप्रणाली निरीह बन्दा जनताले पाउने भनेको दुख र सास्ती मात्र हो रोजगार होईन ।

- ADVERTISEMENT -

Advertisement

लाहुरेको लाहुरेनी लाहुरे अस्ताएको घाटछाल तिर अस्ताउदै गरेको सुर्यलाई निहाल्दै कल्पनामा डुब्छिन् । क्षितिजको लालिमा युक्त पछ्यौरी ओढेर बसेकी चनचले सन्ध्या नानी साच्चै म जस्तै जस्तै सुन्दर देखिदै छिन् । उनी षोडशी युवती अर्थात म सरि पुर्ण यौवनमा थिइन् । पर्वतको शिरानी बनाएर धराको विछौनामा लम्पसार बादलको केश फिंजाइ म जस्तै मदमस्त निन्द्रामा थिइन् । सन्ध्या नानिको रुप देखेर सम्मोहित भइन र सन्ध्या नानिको सौन्दर्य निहार्दै एकोहोरि रहिन । सन्ध्या नानिको मदमस्त यौवन देखेर आफ्नो मन नियन्त्रण गर्न सकिरहेकि थिइनन् । उनलाई लाग्थ्यो कि हाड्रोजन ग्यासका पोका बाधेर सन्ध्या नानिको नजिकै जाउ उनकै छेउमा एक मीठो निन्द्रा निदाउ र धर्ती तिरका रक्तिम किरणहरु लाई भन्न सकु कि म पनि छिट्टै अस्ताउदै छु । साथमा बालबालिका र उनिहरुको अनगिन्ती सपना बोकेर बसेकि उनले सन्ध्या नानिको सौन्दर्यमा हराएको पत्तै पाइनन् । त्यतिकैमा सन्ध्या नानिले अर्को पछ्यौरी ओढिन र लालिमा युक्त पछ्यौरी देखि टाढा भइन् । सन्ध्या नानिको बदलिदो अवतार देखेर आफ्नो मनलाई खिन्नतामा परिणत गरेकी लाहुरेनीले एकछिनमा आफुलाइ सम्हाल्दै आफ्नो अन्तिम गन्तब्य पनि त्यही घाटछाल भएको र समयक्रममा कोहि चाडो कोहि ढिलो सोच्दै चित्त बुझाइन । लाहुरेले आफ्नो गन्तव्य चुमी सकेका हुनाले उ भित्रै हराउनुको कुनै तुक थिएन त्यसैले लाहुरेनी पनि उनको नजिर बाट हराउदै गएकि सन्ध्या नानीको समय अनुसारको परिवर्तित चाललाई मतलब नगरी आफ्नो गन्तव्य तर्फ प्रस्थान गरिन् ।

अब कुरा लाहुरेको मात्र होईन दैनिकी हजारौंको संख्यामा हातमा पासपोर्ट र साथमा वैदेशिक श्रम स्विकृत गरेको डकुमेन्ट बोकि त्रिभुवन विमान स्थलको गेटमा भेटिन्छ्न् । तमाम युवाहरुलाई विदेशमा कसरी सुरक्षित रहने भन्ने हेक्का नभएका कारण विदेशमा धेरै युवाहरुले झन्झट ब्यहोर्नु परेको छ भने अर्कोतिर सम्बन्धित देशको वातावरण तथा रहनसहन नबुझ्दा दैनिक २ देखि ६ जना युवाहरुको लास नेपाल ल्याउने गरेको आँकडा छ । यस्तो दयनीय अवस्थालाई न्यूनीकरण गर्न सरकारले गाउँगाउँमा गएर वैदेशिक रोजगारसम्बन्धी जनचेतनाको ज्ञान प्रदान गर्नु अति आवश्यक छ । यिनै ज्ञानका कुराहरुको अभावमा बाध्यताले गर्दा बिचौलियाकोे आड लिएर आफ्नो गन्तव्य स्थान बनाउन बाध्य छन्, ती युवाहरु । केही बिचौलियाहरु यही मौकाको फाइदा उठाएर युवाहरुलाई घर न घाटको बनाउँदै उडुसले रगत चुसेझैँ गरी मोटाउँदै गइरहेका छन् । स्वदेशी रोजगारको विषयमा बढी जिम्मेवार भएर सोच्नुुपर्नेमा सरकारले विदेशी रेमिट्यान्सको आकर्षक आम्दानीका कारण युुवावर्गलाई स्वदेशमा राखेर विकासको मूूल प्रवाहमा समाहित गरी मालिक बनाउनुुपर्ने र देशलाई विकासको नयाँ उचाइमा पुर्याउने भन्दा पनि फ्रि भिसा फ्रि टिकटजस्ता अवधारणा ल्याएर विदेशी भूूमिमा पठाएर नोकर बनाउने योजनाहरु ल्याउने तथा त्यसका लागि उत्प्रेरित गर्ने गरेको देखिन्छ । यस्तो प्रवृत्तिले यो देशको विकास कसरी सम्भव हुुन सक्छ ? कतिले विदेशमा गएर राम्रो आम्दानी गरेका छन्, तर त्यस कमाइको दिगोपना देखिएको छैन । किनकि, निजीकर्ताको पुँजीलाई लगानीमा परिणत गर्ने वातावरण सरकारले मिलाउन सकिरहेको अवस्था छैन । त्यसैले, बेलैमा विदेशिने युुवाहरुलाई देशको विकासमा परिचालन गर्ने रणनीति ल्याउन अपरिहार्य देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -