- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सर्वदलीय सहमति भए आफ्ना पार्टी सभापतिमाथि छानविन गर्न आफूहरू सहमत हुनेः मनिष झा 

May 7, 2024
63
Shares
- ADVERTISEMENT -

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष सत्तामा रहेका दलहरूको सर्वदलीय निर्णय भयो भने आफ्ना पार्टी सभापतिमाथि छानविन गर्न आफूहरू सहमत हुने बताएका छन्।

आज बसेको संसदीय दलको बैठकपश्चात् झाले सबै राजनीतिक दलहरू स्वीकार गर्ने पनि बताएका हुन्।

- ADVERTISEMENT -

Advertisement

बैठकमा आगामी वर्षे अधिवेशन र बजेटबारे कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल भएको बताए।

उनले छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रुपमा प्रश्तुत हुने बारेमा छलफल भएको जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

उनले राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरूलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्नेगरी अघि बढ्ने बारेमँ छलफल भएको बताए। उनले बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरूले विभिन्न साझेदारहरूसँग छलफल गर्न आवश्यक रहेको बारेमा पनि छलफल भएको बताए। उनले साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवि, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको बताए।

उनले गत वर्षको बजेट अधिवेशनमा आफ्नो राजनीतिक दलको प्रश्तुतीलाई हेरेर कमजोरी भए सुधार गर्ने र अघि बढ्ने बारेमा छलफल भएको पनि बताए। बैठकमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com