सुशीला नाथ योगी ,कालिकोट
हामी हामी आश्रमको अर्थ कुटी वा संस्था बुझ्छौँ जस्तै साबरमती आश्रम । हो आश्रमको अर्थ कुटी नै हो ,सामाजिक संस्था हो तर श्री अरविन्दआश्रम एक यस्तो कुटी हो या संस्था हो जहाँ घर विहीनले घर पाउँछ , परिवार विहीनले परिवार पाउँछ ,एक्लोले आफ्नोपनको आभाषपाउँछ , वृद्ध वृद्धाले नाती नातिना पाउँछन् , अबोध बालकले आमाबुबाबाट मिल्ने जस्तो बात्सल्य र ममता पाउँछ , भाइले दिदीपाउँछ,दिदीले भाई पाउँछिन् । कसैले गुमाएको चेत पाउँछ,बिलाएको खुसी पाउँछ, जसलाई जे कमी छ त्यसले त्यो कमी पूरा भएकोमिठो आभाष पाउँछ । ज्ञान पाउँछ, संस्कार पाउँछ, सम्मान पाउँछ, साहस पाउँछ, सकारात्मकता पाउँछ, आध्यात्मिकता पाउँछ ।
श्री अरविन्द आश्रम थानकोट मातातीर्थभन्दा अलिक मास्तिर चन्द्रागिरि डाँडाको ठीक मुन्तिर अवस्थित छ । हाम्रै शहरमा,हाम्रै बस्तीमा छ । यो आश्रम प्रकृतिको सन्निकटमा प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले भरिपूर्ण भएको देख्न सकिन्छ जसलेहरकोहिलाई असाध्यै मोहित पार्न सक्छ । मैले पनि मेरो जीवनको करिब करिब 7/8 वर्ष यो आश्रममा बिताएकी छु । आश्रमकासंस्थापक तथा अध्यक्ष ,म जस्तै हजारौँका पिता , अभिभावक,गुरु , मार्गदर्शक, प्रेरणा, आत्मबल एक महान् आत्मा रामचन्द्र दास । उहाँसादा जीवन, सरलता र कर्मशीलताका उदाहरणीय पात्र हनुहुन्छ । सायद नेपालमा अहिलेसम्म श्री अरविन्द आश्रम मात्रै एउटा यस्तोसंस्था हो जस्ले बिना कुनै स्वार्थ अरूको भलाई गर्छ । फलको आसा बिना नै सत्कर्म गर्छ । कसैलाई बनाउँछ , आश्रय दिन्छ । वर्तमाननेपाली परिवेशलाई हेर्दा मानवता हराएको छ । मान्छेमा हुनु पर्ने चेत गुम भएको छ । मानव समाजको पहिचान क्रुरता नै हो कि भन्नेअनुभति दिँदै आएको छ । सबै कुरामा स्वतन्त्रता छ तर यही स्वतन्त्रताको अधिकारले नेपाली समाजमा भने विकृतिहरू यसरी झाँगिँदैगइरहेका छन् कि अनुमान लगाउन त के सोच्नसम्म नसक्ने घट्नाहरु समाजमा घटी रहेका छन् । मान्छेलाई मान्छे भई बाँच्नका निम्तिआध्यात्मिकता अतिआवश्यक कुरा हो , श्री अरविन्द आश्रमले हामी हरकोहीलाई आध्यात्मिक हुन र कर्मयोग गर्न प्रेरणा दिन्छ ।
आध्यात्मिकता के हो त ?
आध्यात्मिकता भनेको कुनै विशेष अभ्यास होइन । यो एक उच्च नैतिक अवधारणा हो । आफूभित्र फर्किने अनि हाम्रो शरीर र मनकोसंरचनाहरू भन्दा परको आयामलाई स्पर्श गर्ने बारेमा हो ।आध्यात्मिकता एकदमै महत्त्वपूर्ण छ । अध्यात्म विश्वको आत्मासँग एकाकारहुनु हो । अध्यात्म अन्तरात्मासँग एकाकार हुनु हो । अध्यात्म संस्कार रहित चेतनालाई परिशुद्ध बनाउनु हो । त्यही शुद्ध चेतनाकोअवस्थामा हामीले चिताएअनुसार वैश्विक रूपान्तरण सम्भव हुन्छ । जसरी हावा र प्रकाश सर्वव्यापी छन् त्यसैगरी वैश्विक चेतनासर्वव्यापी छ । त्यो उच्चतम अवस्थामा पुग्न हामीलाई राग, द्वेष, मोह र आसक्तिहरूले अवरोध गरिराखेका हुन्छन् । जब यी दोषहरूबाटमुक्त भएर हामीले शुद्ध चैतन्य अवस्था प्राप्त गर्छौं तब हामीले व्यक्ति, वस्तु र घटना परिघटनाहरूलाई इच्छा अनुकूल प्रभावित पार्नसक्छौ । आध्यात्मिकता मानव जातिमा मानवता कायम राख्न मदत पुर्याउने आयाम हो ।
कर्मयोग के हो ?
अहंकार र कर्तापनबाट हटेर कुशलतापूर्वक समत्वको भावनाले सबैको कल्याण हुने गरी कर्म गर्नु नै कर्मयोग हो । आत्मस्मरणमा रहेरकर्म गर्नु कर्मयोग हो । श्री अरविन्द आश्रमका स्वामी रामचन्द्र दास यस्तो भन्नु हुन्छ ” कर्मबाट प्राप्त हुने कर्मफलमा आशक्त नभइकनकर्ममा ध्यान दिएर कुशलतापूर्वक कर्म गर्नुपर्छ, यो नै हाम्रा लागि कर्मयोग हो । “
आत्मीयता के हो ?
संसारमा भएका हरेक सजीव तथा निर्जीव वस्तुलाई प्रेम पूर्वक व्यवहार गर्नु आत्मीयता हो । कसैलाई नदुखाउनु,कसैलाई नरुवाउनु,अनैतिक तथा अमानवीय हर्कत नगर्नु आत्मीयता हो।
श्री अरविन्द आश्रमले आश्रमबासी सम्पूर्णलाई आध्यामिक हुन ,कर्मयोग गर्न र सबैसंग आत्मीय व्यवहार गर्न सिकाउँछ ।मान्छे भएरजन्मिए पछि मान्छे भएर बाँच्नु पर्छ भनेर मान्छे हुनका निम्ति मार्गदर्शन गर्छ । साँच्चै नै श्री अरविन्द आश्रम एक यस्तो उदाहरणीय संस्थाहो जसले अध्यात्म, कर्मयोग अनि सकारात्मकतालाई जोड दिन्छ । आश्रममा पूर्ण प्राकृतिक र आत्मीय वातावरण छ | आश्रमपरिसरभित्रै गौशाला छ । पचास-साठी गाई लहरै बाँधिएको गोठमा पस्दा गोबरको हल्का सुगन्ध महसुस हुन्छ । घाँसपातलाई मेसिनमापेलेर मसिनो बनाएपछि त्यसमा आश्रममै बनाएको दाना मिसाइन्छ र गाईहरूलाई खान दिइन्छ । पुष्ट गाईहरूका दूधले भरिभराउ फाँचारहरलाग्दा देखिन्छन् । दैनिक तीन सय लिटर अर्ग्यानिक’ दूध उत्पादन हुन्छ । गौशाला भवनको माथ्लो तलामा घरेलु प्रविधिबाट पस्मिनार सूतीका गम्छा तथा च्यादर तयार हुन्छन् । बाहिर बरण्डामा स्थायी रंगहरू पगालेर धागोलाई रंगाइन्छ । उत्पादित च्यादरहरू विभिन्नदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गरिन्छ । स्कूल भवन नजिकै छ ।
कक्षा नचलेको समयमा सस्याना बाबुनानीहरू तोते बोली बोल्दैलुकामारी खेल्छन् । स्कूल भवनको दोस्रो तलामा भव्य पुस्तकालय छ । दराजमा श्री अरविन्दका योगसम्बन्धी ग्रन्थहरू लहरै सजाइएकोछ । छेवैको कोठामा थाङ्का चित्रकला निर्माण गरिन्छ । बुद्धको सौम्य मुहारमा हेर्दाहेर्दै शान्ति, प्रेम र करुणा झल्किन्छ । नजिकैजंगलको फेदीमा हनुमान मन्दिर छ । सञ्जीवनी बुटी सहितको पहाड उचालेर आकाशमा उड्न लागेका महाबली हनुमानको मूर्तिमन्दिरभित्र प्रतिस्थापित गरिएको छ ।
आश्रम परिसरको अग्रभागमा श्री अरविन्दको समाधि निर्माण गरिएको छ । समाधिमा श्रीअरविन्दको अस्थि धातु प्रतिस्थापन गरिएको छ । समाधिलाई बीचमा राखी श्री अरविन्दको विशेष कलात्मक मन्दिर निर्माण हुँदैछ ।जहाँ गम्भीर ध्यान-साधना गर्न चाहने साधकसाधिकाहरूका लागि ध्यानको अभ्यास गर्ने व्यवस्था हुनेछ । वर्तमान समयमा ध्यान अलग्गैभवनमा छ । यहाँ सघन मौनता छाएको हुन्छ । प्रवेश गर्दा एकै छिनलाई मनमा विचारको कोलाहल समाप्त हुन्छ । स्थिरता, चैन रसमरसताको गहन अनुभूति हुन्छ । निर्माणाधीन भवनको भुइँ तलामा भोजनालय छ । आश्रमका दुई सय साधक र विद्यार्थीले एकसाथभोजन गर्न मिल्ने फराकिलो ठाउँ छ । जता हेरे पनि बालक, तन्नेरी र वृद्धवृद्धा सबैले आ आफ्नो क्षमता र योग्यताअनुसारको कामगरिरहेका हुन्छन् । कोही खाइरहेका हुन्छन्, कोही पकाइरहेका । तरकारी केलाउने, चामल निफन्ने, मकै भुत्ल्याउने, दूध तताउने, क्रिमनिकाल्ने, खाना पकाउने, खाना बाँड्ने काम विहानदेखि रातिसम्म निरन्तर चलिरहेको हुन्छ । बायोग्याँसबाट आश्रमकै अगेनामा खानापाक्छ ।
आश्रममा अर्ग्यानिक अनाज र तरकारी उत्पादन हुन्छ । बिस्कुट, पाउरोटी, चाउचाउ जस्ता तयारी खाद्य पदार्थलाई आश्रममाभित्र्याइदैन । नास्ताको रूपमा दलिया, कोदोको रोटी, उसिनेका मकै वा आलू खाने चलन छ।माथ्लो तलामा रंगमञ्च बनाइएको छ ।भरत नाट्यम् लगायत विविध शास्त्रीय र सांस्कृतिक गीतसंगीत र नृत्यको अभ्यास हुन्छ । पश्चिमा संस्कृतिको डिस्को र डान्सलेमानिसहरूलाई कामुक र विलासी बनाई विसंगतिको खाडलमा पारिरहेको वर्तमान अवस्थामा पूर्वीय संस्कृतिको जगेर्ना गरेरमानिसहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने तथा आध्यात्मिक जीवनमुखी बनाउने आश्रमको ध्येय हो । आश्रमकै केही विद्यार्थीहरू संगीतसाधना गर्दैछन् । विदेशबाट संगीत तथा नृत्य विधामा उच्च शिक्षा हासिल गरेका संगीतज्ञ तथा नृत्यांगनाले आश्रमका विद्यार्थीलाई सांस्कृतिक नृत्यहरू सिकाउँछन् ।
कुनै पनि देशलाई सम्पन्न बनाउनका लागि त्यो देशको संस्कृति र भाषाहरूको उत्थान हुनु र औद्योगिकविकास हुनु अत्यावश्यक हुन्छ । गरिबी निवारण नभई आफ्नो संस्कृति अनुसरण गर्न पनि कठिन हुन्छ । सम्पन्नतामै संस्कृति, धर्म, शास्त्र, गुरु, शौच र आचारसहितको जीवन पद्धति विकसित गर्न सकिन्छ । अतः आश्रमले आत्मनिर्भर हुने र सम्पन्नता कायम गर्ने बाटोमापनि उदाहरणीय काम आरम्भ गरेको छ । आश्रमका साधकसाधिका र विद्यार्थीले कर्मयोगको अभ्यास गर्छन् । खेती गर्ने, खाना पकाउने, लुगा धुने, सरसफाइ, औषधिमूलो, अध्ययन-अध्यापन सबै आश्रमभित्रैबाट सम्पन्न गरिन्छ । आश्रमभित्र रमणीय वातावरण छ ।
श्री अरविन्द आश्रम
थानकोट काठमाडौं नेपाल


















