साँच्चै कहाँ छ यो ?
सुशिला योगी
जसरी बाँचिरहेका छौं ,जति अनि जहाँ बाँचिरहेका छौं खोजी केवल खुसीको मात्रै छ । कसरी खुसी मिल्छ त ? कसरी खुसी पार्नसकिएला त , आफुलाई, अरुलाई ? भोलिका लागि बाँच्ने एउटा झिनो आसा पनि खुसी रहन कै लागि त हो । आज जे छ ठिकै छ, भोलित पक्कै खुसी भैएला टन्न कमाउँ ,काम गरौं । सबै खुसी हुने बाहानाहरु…. पछिपछि छौं खुसीको भेट्ने झिनो आसामा , खै कति पर छकुन्नि सबैलाई मिलेको देखिदैन । मान्छे भाग्छ भाग्छ, टाढा सम्म पाउँदैन । अझ झन् खुसी भेट्ने ठूलो आशा राखेको बदलामा निरासाकोभुमरीमा रनभुल्ल पर्छ ।
“यति पढ्छु,यति कमाउँछु , यस्तो गर्छु अनि मज्जाले खुसी भएर जीवन बाँच्नेछु । ” यही आशामा सिङ्गोजिन्दगी सकिन्छ तर अहँ नत खुसी हुन नै सकिन्छ न त पार्न नै ।आफ्नो खुसीका निम्ति अरुलाई खुसी पार्न हामी कति गहिरो लगावलगाउँछौ । कहिलेकाहीँ हाम्रै खुसी कोही अरूको जीवन शैलीमा निर्भर गर्छ,त्यसैले त हामी आफ्नो खुसी कसैको हँसिलो मुहारमा खोज्छौं। आमाले आफ्नो खुसी सन्तानको प्रगतिमा पाउँछिन् । सन्तानले आफ्ना सुनौला सपनामा पाउँछ । यसैमा एउटा मिठो कथा पनि छ ।एकदिन म पनि थोरै खुसी हुने ठूलो सपना बोकी मानिसहरुको बस्ती देखि टाढा प्रकृतिको समिपमा गए । एक वृद्ध मानिस पिपलकोछहारीमा मस्त गीत गुनगुनाउँदै,आफ्ना दुबै हातहरुलाई सिरानी बनाएर पल्टिरहेका थिए । म उहाँको नजिकै गए र हिम्मतका साथ प्रश्नगरे । “बुबा तपाईं खुसी हुनुहुन्छ?” उहाँले मतिर पुर्लुक्क हेर्नु भयो र मुस्कुराउँदै जवाफ दिनुभयो । “खुसी छु ।” ” कसरी ?” बुबा फेरिपनि मुसुक्क मुस्कुराउने भयो ।
- ADVERTISEMENT -
मैले उहाँको अनुहारलाई एकटक नियाले। उहाँ बोल्न थाल्नु भयो । ” सानो छँदा खुसी भागी भागी खेल्नुमापाएँ ,आमाले लुकाई लुकाई दिने मिठाईमा पाएँ , बुबाले आफू बजार जाँदा सँगै लगेकोमा पाएँ, चाडवाड आउँदा घरमा छाउने त्योरौनकमा पाएँ । बिस्तारै जवानीले प्रवेश गर्यो ,,यस्तो लाग्यो त्यी खुसी हुने बाहाना बच्पनासँगै बिलाएछन् क्या रे । म खुसीको खोजीमाभौतारिन थाले । धेरै पढेर सरकारी जागीर खान्छु भनी त्यो जागीरमा खुसी खोजें , कसैसँग प्रेम बस्यो मैले खुसी त्यो प्रेममा खोजें ।देशमा राम्रो कमाई हुन सकेन अब विदेश लाग्छु र टन्न कमाउँछु भनी त्यो विदेशको सपनामा खुसी खोजें । घरबार गृयस्थी हुँदा जीवनसहज होला भनी बिहे गरे अनि फेरि खुसी पारिवारिक माहोलमा खोजें । सन्तान सुख बेग्लै होला सोची मैले खुसी आफ्ना सन्तानमा खोजें। समाजले दिने मानसम्मान र प्रतिष्ठामा खोजें । आफ्नाहरुको साथ सहयोग र समिपमा खोजें । छोराछोरीको उन्नति र प्रगतिमा खोजें ।श्रीमतीको अङ्गालोमा खोजें । मनोरंजन गराउने कार्यक्रमहरुमा खोजें । अहो यो त बडो अदृश्य कुरा पो रहेछ कहाँ खोजौं,कहाँ खोजौंभनी भौतारिदै शहरमा खोजे,गाउँमा खोजे,आफू जन्मिएको आफ्नै ठाउँ खोजे । अग्ला अग्ला गगन चुम्नी महलहरुमा खोजे । बत्ती बालेरकुनाकाप्चाहरुमा खोजे । हत्तपत्त मैदानमा ओर्लि दायाँबायाँ नजर डुलाई टर्च बालेर वारि पारी झारी तिर,बारी तिर खोजे । रंगिचङ्गीदुनियाँमा खोजे ।
“अनि बुबा कहाँ भेटियो त खुसी ?” म उत्यजित हुँदै प्रश्न गर्छु । उहाँ फेरि मिठो गरी मुस्कुराउँदै बोल्नु हुन्छ । ” खुसी तमैसँग,मेरै भित्र पो रहेछ । जीवनमा जे छ, जस्तो छ,जति छ त्यसैमा रम्न सक्ने मनस्थिति रहेछ खुसी । खोज्ने र दिने कुरा भन्दा पनि खुसीत बुझ्ने र अनुभव गर्ने आभाष मात्रै रहेछ । अचेल खुसी जताततै छ । अपुरा सपना र रहरहरुमा पनि छ , हार र जितहरुमा पनि छ , भन्नैनसकिने कुन्ठित कति धेरै बात छन् मन भित्र त्यी प्रत्येक बातमा पनि छ ,अनगिन्ती कटाउन मुस्किल परेका अध्यारा रातहरुसँग पनिछ,झलमल्ल जुनकीरी लागेको उज्यालो रातसँग पनि छ,
कसैको वियोगमा कोरिएका खत र खोटहरुसँग पनि छ , फुलसँग काँडासँग, रंगिनसँग, सादासँग, नजिकसँग टाढासँग, आफ्नोसँग, पराईसँग छ । सबै कुरा मनको खेल मात्रै त रहेछ , महसुस गर्न सक्ने मनस्थिति भए खुसी यन्त्र तन्त्र सर्वत्र छ , होइन भने आकाश जमीनएक गरी खोज खुसी कतै छैन ।