सुशीला नाथ योगी ,कालिकोट
तिम्रा लागि नारी को हुन् ?
घरपरिवारको बोझ ?
पोइल जाने जात ?
- ADVERTISEMENT -
बाबुआमाको इज्यत ?
कुनै पुरुषको खुट्टाको धूलो ?
सन्तान पैदा गर्ने मेसिन ?
घरपरिवार र सन्तान थामिराख्ने पर्खाल ?
कि देवी ?
कि तिम्रो घरकी लक्ष्मी ?
कि आमा ?
कि ममताकी खानी
कि को ??
नारी यो शब्दलाई मात्रै २-३ पटक उच्चारण गर्नु त कस्तो अनुभूति हुन्छ । नारी नारी नारी ,,मन्द मन्द मुसुक्क मुस्कुराउन मन लाग्दैन ? लाग्छ नी है ? खै खै एकपल्ट उच्चारण त गरी हेर्नु पक्कै मुस्कुराउनु हुनेछ । तिमीलाई जन्म दिने एक आमा नारी । तिमी जन्मिएकोकोखबाट जन्म लिएकी तिम्री दिदीबहिनी नारी । तिमीलाई जीवनकालसम्म पवित्र साथ र प्रेम दिने नारी । विद्याकी देवी स्वर्सती मातापनि नारी । धनकी माता लक्ष्मी पनि नारी । यन्त्र तन्त्र सवत्र नारी नै नारी । जीवनमा उन्नती, प्रगति अनि सफलतामा गर्व गर्ने त्यति धेरैठाउँ नभएतापनि म खुशी नै छु ,किनकि प्रकृतिले नै मलाई गर्व गर्ने ठूलो आधार दिएकी छन् । मलाई म नारी भएर जन्मिनुमा एकदमै गर्वछ ।
नारी मत्लब एक कोमल आत्मा । मातृत्वको अथाह भावसागर । हो म नारी हुँ र यही नै मेरो निम्ति गर्वको कुरा हो । मसँग कोमलठ्याकै नौनी जस्तो ऋदय छ । मसँग युद्ध भूमिमा तरबार निडर भई चलाउन सक्ने ठूलो हिम्मत छ । माया बाँड्न सक्ने , ममता छर्न सक्नेअनि समग्र मानव जातिको शृष्ठी चलायमान राख्न सक्ने मसँग प्राकृतिक गुण छ । नारी धर्ती हो यो मानव जातिको । अनेक दुख सहेरनारीले मानव जातिको फुल उमार्छे ,हुर्काउछे ,फुलाउछे फक्राउछे आफ्नै ख्याल प्रवाह बेगर किनकि सृष्टि अघि बढोस् , दुनियाँ चलायमानबनोस् । पितृसत्ताको बदलामा मातृसत्ता होइन मात्र समानताको माग गर्छन् नारी । यस्तो समानता कि छोरा र छोरीमा कुनै प्रकारको भेदनहोस् ।
समाज यस्तो बनोस् कि कुनैपनि व्यक्ति महिला भएकै कारण कुनै पनि अधिकारबाट बञ्चित हुनु नपरोस् । सम्पत्तिको अधिकारछोरा र छोरीमा समान होस् । महिला भएकै कारण उसले सामाजिक उपेक्षाको सामाना गर्नु नपरोस् । महिला भएकै आधारमा उसलाईछाउगोठमा नराखियोस् । अनि महिला भएकै आधारमा उसलाई दोस्रो दर्जाको व्यवहार नहोस् । कुनै पनि महिलालाई पुरुषभन्दा कमजोरनठानियोस् । महिला र पुरुषको जन्म एकै ठाउँबाट हुन्छ भने विभेद केका लागि त ? हिटलर के आकाशबाट खसेको हो र ? हिटलरजन्माउने पनि त एक नारी हुन् । हिटलर जन्माउने नारी हिटलर हुन पनि सक्छिन् । थाहा छ नी दुर्गा माता पनि एक नारी हुन् भन्ने ? नारीकोजन्मले बाबुआमालाई दुःख हुने होइन क्या । पराई घरमा जान्छन्, टाढा हुन्छन् ,मर्दा पर्दा साथ हुँदैनन् भन्ने डर हो । यो डरको अन्त्य गर्ननारीलाई पेट मै अन्त्य गर्ने होइन नी ,पराई घरमा जानु पर्ने चलन चल्तीलाई अन्त्य गर । यदि नारीको ठाउँमा पुरुष पराई घरमा जानु पर्नेभए सायद पुरुषको पनि आमाको पेट भित्रै अन्त्य हुने थियो होला । यो पराई घर जाने जात जन्मिएर के गर्नु ? यस्तै यस्तै वचन सुन्नुपर्थ्यो होला । छोरीलाई विवाहपश्चात घर व्यवहार, भान्सा, परिवार सम्हाल्नुपर्छ भनी सिकाइनु तर छोरालाई घर व्यवहारमा सामेलनगराइनुमा दोष कसको ? हाम्रै समाजको होइन र ? महिला सवल छे, सक्षम छे, पुरुष बराबर आफूलाई उभ्याएकी छे तर पनि घरभित्रउस्लाई निरिह बनाइन्छ । हरेक दिन उसले परिवारको चाहना र निर्देशन अनुसार आफूलाई ढाल्न सकिनँ भने उ, अलच्छिनी, कुलंगारलगायतका गालीगलौजका शिकार बन्न बाध्य हुन्छिन् । हाम्रो समाजमा आज पनि एक महिलालाई विवाह गरेर भित्र्याएकै दिनबाटउसको सीप, क्षमता र दक्षताका आधारमा हैन, उनले गरेका काम र व्यवहारमा देखिने झिनामसिना कमी कमजोरीहरुको खोट खोजेरमुल्याङ्कन गर्न थालिन्छ । घामको झुल्कोभन्दा पहिले सुरु हुने उसमाथि थोपिरिएका घरधन्दाका कर्मसँग, जुन कुरामा उनी दक्ष र पारंगतनहुन पनि सक्छिन्, उसको अब्बलता तुलना गर्ने गरिन्छ । यति हुँदापनी उ माथी अनेक प्रश्नहरु उठाइन्छ ।
कतै नैतिकताको प्रश्न, कतैबोक्सी कतै चरीत्रको । के गर्न हुने के नहुने , उसका लागि के सहि के गलत यो समाजले उस्कै लागी नियम कानुन बनाएको छ। अहिलेआएर समानताको कुरा गरिन्छ। नैतिकवान, चरीत्रवान,सुशील संस्कारी आदि आदि । त्यही नियम परिधीभित्र नरनारीलाई संगै राख्नु पर्ने। नारीलाई यी नियमले कतै छोएको पाइदैन । समाजले निर्माण गरेको वा विकास गरेका सवै चिज सही नहुन सक्छन् । जसले कुनै पनिनियम बनाउँछ, त्यो उसको स्वार्थ वा उसको वरिपरिको परिवेशको स्वार्थसँग जोडिएको पनि हुन सक्छ । त्यसले अरुलाई असरगरिरहेको पनि हुन सक्छ । कुनैपनि नियमको निर्माण गर्दैमा समानताको लाइन सुरु हुन्छ र ? नारी कतै बाद्य्यताले बेस्या बन्छे , रउस्लाई बेस्याको उपनाम दिइन्छ तर त्यही बेस्यालय धाउने पुरुषलाई पुरुष बेस्या भनेको पाइदैन । यौनको प्यास मेटाउन बेश्यालय जानेत्यो पुरुष धर्मात्मा पक्कै हैन त्यस्लाइ पुरुष बेस्या नभनेर के भन्ने जब त्यो नारी बेस्या हो भने ? यो कुरा रुढीबादी समाजले किन बुझ्दैन ? नारी धर्ती हो धर्तीमा जे रोप्यो त्यही फल्छ । गुलाफ रोपेर चंदन फल्दैन , ऐसेलु रोपेर टिमुर फल्दैन । रोप्ने काम नारीको होइन भने ,जेरोप्यो त्यही फल्यो रोप्ने मै खराबी छ भन्ने कुरा किन बुझिँदैन ? हैन किन नारीलाई नै दोष लगाएर बहुबिवाहा गरिन्छ ? भार माथी भारसमस्या माथी समस्या थपिन्छ ?
पछिल्लो समय नारिवादी कागजी कानुन पनि आए । वास्तवमा हाम्रो नेपाली समाजमा नर र नारीकोविभेद सानैबाट सुरु हुन्छ। छोरा भए पढे पनि नपढे पनि राम्रो स्कुल हाल्ने तर छोरी पढ्ने भएपनी नपढाउने या सरकारी स्कुलमा पठाउने ।सानै क्लासमै पढाई छुटाइदिने । घरमा पनि बेस्सरी काम लगाउने ।
छोरो जता घुमोस मत्लब नगर्ने किनकी उ छोरो हो , उस्ले घरकोकाम नजाने पनि हुन्छ। अनि छोराको बिहे गर्दा चाहिँ निकै पढेलेखेकि बुहारी चाइने । आफ्नी छोरीलाई नपढाउने समाजले नै आफ्नोघरको बुहारी भने पढेलेखेको खोज्छ। आफ्नो घरमा पढेकी बुहारी खोज्नेले ,अर्काको घर जाने छोरीलाई पनि पढाउनु परेन ? अनि पोसमानता आउला । यतिसम्म कि विवाहपश्चात महिलालाई उसको कर्तव्य र व्यवहारको दाम्लो लगाईन्छ । कसैको श्रीमती कसैकोबुहारी भएकै नाताले उसको कर्तव्य तोकिन्छ । कतिबेला सुत्ने कति वेला उठ्ने देखि घरभित्र के के गर्ने र नगर्ने । कति बोल्ने कति हास्नेक–कसको संगत गर्ने कहाँ जाने कहाँ नजाने आदि इत्यादि । महिलालाई घरधन्दाभित्र कैद गर्ने यस्ता तथाकथित दायरा बाहिर जानेबित्तिकै उनी अव्यवहारिक र अलच्छिनी बन्छे । पुरुषलाई पहिलो दर्जा र नारीलाई दोस्रो दर्जामा राख्ने, ऐतिहासिक रुपमा थोपरिएकोत्यो पुरुषप्रधान सोच कसले बनायो त ? स्वयं हाम्रो समाजले होइन ? समाजले बनाएको यो धटिया सोच किन परिवर्तन नगर्ने ? महिलालेआफ्नो व्यक्तिगत जीवनलाई स्वतन्त्रपूर्वक संचानल गर्न दिइनुपर्छ ।
पुरुषसँग बराबरी कुम जोडेर, उनीहरु जत्तिकै वा अझ त्यो भन्दाअब्बल प्रतिभा प्रदर्शन गर्न दिइनुपर्छ । महिलाहरू पुरुषभन्दा कुनै पनि हालतमा कम छैनन्, उनीहरु पुरुषजत्तिकै अब्बल र क्षमतावान छन्। सँगै कार्यालयको काम सकेर फर्कने महिला घर पुगेपछि बालबच्चा, परिवार अनि घरायसी काममा सक्रिय हुन्छन् भने पुरुष आराम वाउनीहरुको व्यक्तिगत क्रियाकलापमा लाग्छन् । शारीरिक र मानसिक परिश्रम हेर्ने हो भने पुरुषले भन्दा महिलाले बढी गरिरहेका हुन्छन् ।महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुने, महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने, महिलाविरूद्धधार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनैकिसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नहुने, यदि त्यस्तो कार्य भए कानुनबमोजिम दण्डनीय हुने र पीडितलाई कानुनबमोजिमक्षतिपूर्ति पाउने हक हुनेछ भन्ने व्यवस्था छ , नभएको होईन तर के यी सब हक र अधिकार महिलाले उपयोग गर्न पाएका छन् त ?
विडम्बना ,,किन ३ बर्से सानी नारी बलात्कृत हुन्छिन् ? त्यी सानी नारीको अबोध मनले यदि म कुनै नरपिचास द्वारा बलात्कृत हुन्छु भन्नेकुरा जान्दथिन भने उन्को आत्मा काम्ने थियो होला नि । मृत्युको भय भन्दा पनि बलात्कृत हुन्छु की भन्ने भय कति विशाल भएको छ है ?
दिन ढल्किदै जब बिस्तारै साँझ पर्न थाल्छ तब एउटै मात्र डरले मनमा डेरा जमाउँछ । ” कतै कसैले मेरो पीछा त गरिरहेको छैन ? कसैलेमलाई पछाडीबाट च्याप समातेर झाडीमा त लग्ने होइन ? के उस्लाई म कुटपिट गरेर जोगिन सकुला त ? अहँ सक्दिन होला कति धेरैजना छन् । मेरो सारीरिक बल भीमको जस्तो कहाँ छ र ? अहँ म त पटक्कै सक्दिन । जति छिटो पाइला लम्किन्छ,त्यति नै छिटो मनलेमनसँग भयानक संवाद गर्छ । आफ्नो वरिपरिको निर्जीव वस्तु पनि त्यही नरपिचास हो कि झै भयानक भान हुन्छ । मुटु जोडजोडलेधड्किन्छ । भित्रभित्र मन कापिरहेको हुन्छ ।
खुट्टाहरूको चाल झन् पछि झन् चाँडो लम्किन्छ । जब हतारहतारमा दुई हातले ढोकाधकेलेर घर भित्र छिर्छु तब तन , मन , मस्तिष्क, पाइला, चाल सबैले एकैपल्ट झ्याप ब्रेक लगाउँछन् । वास्तवमै हाम्रो नेपाली समाजमामहिलाहरू निरन्तर रूपमा पीडित हुने, यौन हिंसा र बलात्कारपछि महिलाहरूको हत्या गरिने र अपराध गर्ने व्यक्तिहरू कानुनसँग पनिनडराउने परिस्थिति छ । अनुसन्धान गर्ने व्यक्ति र न्यायसँग पनि उनीहरूलाई डर छैन र यो परिस्थिति दोहोरिँदै आइरहेको छ। अबकोप्रत्येक पुस्ता छोरालाई हुर्काउँदा महिला पनि मानव हो भनेर सिकाउँदै जानुपर्छ । महिलाहरू कमजोर हुन्छन्, विवाह गरेर ल्याउने जात होअनि हामीले भनेको मान्नुपर्छ र हामीभन्दा तल हुनुपर्छ भन्ने मानसिकताको विकास हुन दिनु हुँदैन । पुरुषलाई भन्दा महिलालाई ६ गुनाबढी यौनरुची हुन्छ भनिन्छ । तर, महिलाहरु पुरुष जस्तो उग्र हुँदैनन् ,अनियन्त्रित हुँदैनन् । आफ्नो प्यास मेटाउनका लागि अरुलाई सिकारबनाउँदैनन् । अहिलेसम्म कसैले कुनै महिलाले पुरुषलाई बलात्कार गर्यो भन्ने सुन्नुभएको छ ? पुरुषहरु यौनमा किन यत्ति गतिछाडाहुन्छन् ? हाम्रै समाजमा यतिसम्म डरलाग्दो पुरुष छन्, जो आफ्नो यौनप्यास मेटाउनका लागि एउटा नावालक बच्चीलाई समेत घिनलाग्दोआँखाले हेर्छन् ।
आफ्नै गिद्धे नजरले यस्तो मानसिकता बनाइदिन्छन् कि त्यी नाबालक बच्चीहरुले पुरुषलाई देख्नै सक्दैनन् । केटामान्छेदेख्नसाथ डराउँछन् । उनीहरूको आँखाबाट हरेक केटा मान्छे डरलाग्दो अपराधी देखिन्छ । बलत्कार गर्ने पुरुष शिर उठाएर हिँड्छ अनिबलत्कृत हुने महिला शिर जुकाएर हिँड्छिन । किनकि हाम्रै नेपाली समाजले बलत्कृत भएका महिलाहरुको जीवनमा ग्रहण लगाइदिन्छ ।बलात्कृत भएकालाई समाजले सहजै स्विकार्दैन । उनीमाथि कुदृष्टि राख्न थालिन्छ । अझ दुखलाग्दो त के छ भने, उनीहरुको विवाह हुनेसंभावना निकै कम हुन्छ । एक पटक बलात्कृत भइसकेपछि उनीहरुले दाम्पत्य सुख गुमाउनुपर्ने अवस्था छ । हाम्रो समाजले उनीहरुकोमनको घाउ निको हुन पटक्कै दिँदैन , बरु झन् पछि झन् नुन चुक दलिदिन्छ । समाजकै डर र लाजले उनीहरु नयाँ जीवन सुरु गर्नसकिरहेका हुँदैनन् । बाँच्न त बाँच्लान् तर जिउँदै मरेतुल्य जीवन ।
प्रिय पुरुष महोदय नारी तिमीलाई मन लागेको बेला उपभोग गर्ने कुनै वस्तु होइन । तिम्रो इशारामा नाच्ने कुनै कटपुटली होइन । तिमीलेमन लागे जसरी खेलाउने कुनै गुडिया होइन ।
नारी धर्ती माता हुन् ।
नारी देवी हुन् ।
नारी अदृश्य शक्ति हुन् ।
नारी संसारको एक अभिन्न अंग हुन् जो बिना संसार चल्न सक्दैन । नारी धर्ती माता हुन् जस्ले संसारलाई थामेको छिन् । नारी करुणाकीगाथा हुन् जस्ले दुनियाँलाई माया गरी बाँच्न सिकाएकी छिन् । नारी एक अटल र निडर शक्तिवान देवी हुन् जस्ले आफू रोएर पनि आफ्नासन्तानलाई हसाउँन जानेकी छिन् । आफू मरेर अरुलाई जीवन दिन जानेकी छिन् । आफू जलेर अरूलाई उज्यालो दिएकी छिन् । जहाँनारी हुन्छिन त्यहाँ पूर्णिमाको जुन झै उज्यालो हुन्छ ।