- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रदेश नं ४ को नाम गोरखा राख्नुपर्छ ,

March 2, 2018
2718
Shares
- ADVERTISEMENT -

परापुर्ब काल देखिनै बिश्वभर चिनिएको नाम हो गोरखा। अहिले पनि गोरखा सैनिक, वीर गोर्खाली, गोरखा बटालिएन,गोरखा राइफल्स,गोरखा रेजिमेंट जस्ता नामले नेपालिलाई बिस्वभर चिनाएको छ। एक किम्बदन्ति अनुसार सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ । अर्को किम्बदन्ति अनुसार गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको भूमी भएकाले यहा गाईको रक्षा (गो रक्षा) लाई महत्वका साथ लिइन्थ्यो । यसरी एकातिर गाईको रक्षा गरिने ठाउँ भएकोले सोही आधारमा यो ठाउँको नाम “गोरखा” रहेको मानिन्छ । त्यसैगरी यो जिल्ला अन्तरत घाँसका ठूला ठूला फाँटहरु रहेका र नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदा हुँदै गोरखा भएको मानिन्छ ।हाल प्रचलनमा रहेको राज्य संरचना अन्तर्गत नेपालका ७७ जिल्लाहरुमध्ये गोरखा जिल्ला पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चल अन्तर्गतका ६ जिल्लाहरु मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्व बोकेको जिल्ला हो । नेपालको नक्सामा हेर्दा यो जिल्ला महाभारत श्रृंखलादेखि हिमाली श्रृंखलासम्म लिस्नो झै ठडिएर रहेको देखिन्छ । यो जिल्ला क्षेत्रफलको हिसाबले नेपालको चौथो ठूलो जिल्ला मानिन्छ । यस जिल्लाले देशको कुल भू–भागको २.४५ प्रतिशत भाग ओगटेको छ । भौगोलिक रूपमा यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ । यो ठाँउ समुद्रसतहबाट करिब ११०० मिटर उचाइमा अवस्थित छ ।

नेपालको राजनैतिक ईतिहासलाई केलाउँदा वर्तमान नेपाल राज्यको उत्पत्तिसँग गोरखा जिल्लाको सम्बन्ध महत्वपूर्ण रहेको छ । वर्तमान नेपाल राज्यको निर्माण गर्ने श्रेय पनि गोरखा जिल्लालाई दिने गरिन्छ । ईतिहास अनुसार तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घलेहरुले राज्य गर्ने गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजया दशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रुपमा लिगलिगकोटका राजा बन्न पुगे र पछि गोरखा माथि विजय प्राप्त गरी वि.सं. १६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए र शाहा वंशीय शासनको प्रारम्भ गरेको देखिन्छ । द्रव्य शाहपछि गोरखा राज्यमा उनका वंशजहरू पुरन्हर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, पृथ्वीपति शाह र नरभूपाल शाहले राज्य गरेको पाइन्छ । राजा नरभूपाल शाह र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रको रूपमा वि.सं. १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म भयो । वि.सं. १७९९ मा पृथ्वीनारायण शाह गोरखाका राजा बन्न पुगे । राजा भए पश्चात् पृथ्वीनारायण शाहले टुक्रिएर रहेका ससाना राज्यहरूलाई एकतृत गरी विशाल नेपाल राज्य निर्माणको अभियानमा लागे जस अनुसार वि.सं. १८०१ मा नुवाकोट, १८९९ मा मकवानपुर, १८२२ मा किर्तीपुर, १८२५ मा कान्तिपुर, ललितपुर, १८२६ मा भक्तपुर विजय गरी गोरखा राज्यबाट विशाल नेपाल राज्यको निर्माण गरे र देशको राजधानी पनि काठमाडौं बनाए । त्यसपछि उनका वंशज एवम् तत्कालीन भारद्वाज प्रयासले भूगोल विस्तार गरी वर्तमान स्वरुपमा ल्याइपुर्‍याएको कुरा ईतिहासले देखाउँछ । प्रदेश नं ४ को नाम गोरखा नै किन?
१. नेपालको एकिकरणको सुरुवात भएकोले
२. पहिले देखि नै विश्व भर यहि नाम प्रख्यात भएको हुनाले।
३. नेपालको भाषा गोरखा भाषाबाट राखिएको हुनाले।
४. विभिन्न कालखण्डमा नेपालिको सान गोरखाले राखेको हुनाले।
५. गोरखाको बहादुरिले विश्वले मान गरेको हुनाले।
६. सँस्कृती र परम्परा जोगाउनको लागि…..
तसर्थ नेपालिको हरेक क्षेत्रमा गोरखा नै अगाडि आउने कारणले यो प्रदेशको नाम पनि “गोरखा” राख्दा उत्कृष्ट हुन्छ जहाँ बाट हरेक कुराको उत्पत्ती भएको छ। न त यो कुनै जात विशेष बन्छ न त धर्म। सबैलाई सम्मान हुन्छ र सबैले गौरब गर्नु पर्छ।अब ४ नं को बिकाश पनि गोरखा बाटनै शुरु गर्नु पर्छ। कसैले पनि यो नामलाई पुबाग्रही या अन्यथा नलिकन सर्बसम्मतिले पारित गरियो भने हाम्रो मान, सम्मान र इज्जत अझै उकासिने छ। जय गोरखा।by Om Pandey ,

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -